×

NMB BANK
NIC ASIA

कृषि विश्वविद्यालयले उत्पादनलाई सँगै लिएर व्यावहारिक शिक्षामा जोड दिनुपर्छ : मन्त्री श्रेष्ठ

बैशाख १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षासँगै उत्पादन र प्रसारलाई सँगै लिएर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई मंगलवार रामपुरमा सम्बोधन गर्दै उनले विश्वविद्यालयले दक्ष अनुशासित कृषि र वन प्राविधिक उत्पादन गरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यहाँबाट उत्पादित विद्यार्थीको ज्ञानलाई देश विकासमा लगाउन जरुरी छ,’ उनले भने, ‘विश्वविद्यालयले शिक्षासँगै प्रसारणमा गरेको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको छ । यहाँ उत्पादित विद्यार्थीलाई देशको विकासमा लगाउनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानतर्फ मन्त्रालय लागेको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, रजिस्ट्रार डा. शारदा थपलियाले विश्वविद्यालयको विविध विषयमा प्रकाश पारेका थिए । दीक्षान्त समारोहमा १ हजार २५७ विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिएको छ । 

स्नातक तहमा कृषितर्फ ५१२, वन विज्ञानतर्फ २२४, पशु चिकित्सातर्फ १४० र मत्स्य विज्ञानतर्फ ४४ जना सहभागी भएका थिए । स्नातकोत्तर तहमा कृषितर्फ २२५, जैविक प्रविधितर्फ ६, वन विज्ञानतर्फ १४, पशु विज्ञानतर्फ ३२, पशु चिकित्सातर्फ ३८ र मत्स्य विज्ञानतर्फ ७ जना सहभागी भएका थिए । विद्यावारिधितर्फ १५ विद्यार्थी सहभागी भए ।  

विश्वविद्यालयले नेपालका विभिन्न स्थानमा रहेका ७ कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । तीमध्ये ६ कृषि संकाय र एउटा वन विज्ञान संकायको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x