१७ असार २०८३, बुधबार

आइतबार विद्यालय नखोलेको भन्दै उर्लाबारी नगरपालिकाले माग्यो प्रधानाध्यापकहरूसँग स्पष्टीकरण

असार १०, २०८३
विराटनगर
आइतबार विद्यालय नखोलेको भन्दै उर्लाबारी नगरपालिकाले माग्यो प्रधानाध्यापकहरूसँग स्पष्टीकरण

मोरङको उर्लाबारी नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । 

नगरपालिकाको निर्णय बमोजिम आइतबार विद्यालय सञ्चालन गरी अतिरिक्त क्रियाकलाप नगरेको र विद्यालय बन्द राखेको पाइएपछि नगरपालिकाले स्पष्टीकरण सोधेको हो ।

नगर कार्यपालिकाको गत जेठ १९ गतेको बैठकले असार १ गतेदेखि लागू हुनेगरी प्रत्येक आइतबार नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अनिवार्य रूपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको थियो । 

सोही निर्णय कार्यान्वयनका लागि नगरपालिकाले असार ५ गते नै स्वीकृत कार्ययोजनासहित सबै विद्यालयलाई पत्राचार गरेको थियो ।

तर, असार ७ गते आइतबार नगरपालिकाले गरेको स्थलगत अनुगमनका क्रममा विद्यालयहरू पूर्ण रूपमा बन्द रहेको पाइएको नगरपालिकाले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी गरिएको पत्रमा भनिएको छ, ‘नगर कार्यपालिकाको बैठकको निर्णय बमोजिम विद्यालय सञ्चालन गर्न नसकिएको के कति कारणले हो ? सोको स्पष्ट र लिखित जवाफ असार १२ गतेभित्र नगरपालिकामा पेस गर्न निर्देशन दिइएको छ ।’

चालु शैक्षिक सत्रको शुरूदेखि नै शिक्षा मन्त्रालयले आइतबार समेत विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्