×

NMB BANK
NIC ASIA

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा १७ पदाधिकारी नियुक्त

बैशाख ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिस्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट नियुक्त गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले खुला प्रतिस्पर्धाबाट ४/४ डीन तथा निर्देशक र ९ क्याम्पस प्रमुखको नियुक्त गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विश्वविद्यालयले पदाधिकारी छनोटका लागि लोकसेवा आयोगका तत्कालीन सदस्य बृन्दा हाडाको संयोजकत्वमा काठमाडौं विश्वविद्यालयका पूर्वडीन प्रा.डा. विजय केसी र त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्देशक प्रा.डा. रामेश्वर अधिकारी सदस्य रहेको ३ सदस्यीय छनोट समिति गठन गरेको थियो ।

Vianet communication
Laxmi Bank

‘छनोट समितिले आवेदकले प्रस्तुत गरेको भिजन पेपर, शैक्षिक योग्यता, कार्य अनुभवसहितको आधारमा नाम सिफारिश गरेको हो,’ उपकूलपति सिंहले भने, ‘समितिको सिफारिशलाई कार्यकारी परिषद्को बैठकले अनुमोदन गर्‍यो ।’

नियुक्त गर्ने अधिकार उपकूलपतिलाई भए पनि आफूले सक्षम व्यक्तिलाई अवसर दिन खुला र पारदर्शी नियुक्ति प्रक्रिया अघि बढाएको उनले बताए । परिषद्को बैठक वैशाख १८ गते बसेको थियो । 

विश्वविद्यालयले व्यवस्थापन संकायको डीनमा प्रा.डा. दीपबहादुर रावल, मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा सहप्राध्यापक डा. लीलाधर तिवारी, विज्ञान तथा प्रविधि संकायको डीनमा डा. सुदीप ठकुरी र कृषि तथा वन विज्ञान संकायको डीनमा डा. विमलकुमार कर्णलाई नियुक्त गरेको छ । 

योजना विकास अनुगमन निर्देशनालयको निर्देशकमा प्रा.डा. चन्द्रप्रकाश रिजाल, पाठ्यक्रम विकास निर्देशनालयको निर्देशकमा वीरबहादुर पौडेल, अनुसन्धान निर्देशनालयको निर्देशकमा प्रा.डा. विनयकुमार मिश्र र अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. सुधन झा नियुक्त भएका छन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका ९ आंगिक क्याम्पसमा पनि प्रमुख नियुक्त गरिएको छ । जलजला बहुमुखी क्याम्पस रोल्पाको प्रमुखमा खिमबहादुर खड्का, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रुकुम पश्चिमको प्रमुखमा बुद्धिप्रसाद गौतम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटको प्रमुखमा बलबहादुर भण्डारी, भेरी बहुमुखी क्याम्पस गुमीको प्रमुखमा तुलबहादुर राना र विद्यापुर जनता बहुमुखी विद्यापुरको प्रमुखमा तीर्थबहादुर शाही नियुक्त भएका छन् ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको प्रमुखमा दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पस बर्दियाको प्रमुखमा यदुप्रसाद गौतम, नारायण बहुमुखी क्याम्पस दैलेखको प्रमुखमा नरबहादुर शाही र रारा बहुमुखी क्याम्पस मुगुको प्रमुखमा सुशीलकुमार भाम नियुक्त भएका छन् ।

नवनियुक्त पदाधिकारीलाई आगामी जेठ १ गतेदेखि काममा खटाउने विश्वविद्यालय प्रशासनको तयारी छ । विश्वविद्यालयले यसअघि खुला प्रतिस्पर्धाबाट रजिूट्रार नियुक्त गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x