१९ असार २०८३, शुक्रबार

बीबीसीका पुरुष एंकरलाई लाग्यो गर्मी, कट्टु लगाएर भने समाचार (भिडियो)

जेठ २१, २०७८
बीबीसीका पुरुष एंकरलाई लाग्यो गर्मी, कट्टु लगाएर भने समाचार (भिडियो)

बीबीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । 

बुधवार बेलायतमा यस वर्षकै सबभन्दा धेरै गर्मी भएको थियो । 

उनले कोट शर्ट र टाई लगाएको भए पनि टेबलले गोडा छेक्ने भएकाले कट्टु लगाएका थिए । 

अगाडिको क्यामराबाट नदेखिएपनि साइडको क्यामराबाट चाहिँ उनले कट्टु लगाएको देखिन्छ ।

एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिएपछि तीखो आँखा भएका दर्शकले लेको नांगो गोडा याद गरेका थिए । 

त्यतिखेर उनले कोभिडकालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा समाचार भनेका थिए ।

पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए । त्यतिखेर चाहिँ उनले चश्मा पनि लगाएका थिए । 

शन ले पश्चिम लन्डनमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ । उनले अनि बीबीसीले पनि यस विषयमा टिप्पणी गर्न मानेन । 

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला :

blob:https://www.thesun.co.uk/944e635b-d9bc-4f67-8a01-8613d7ae167a

salt training

कमेन्ट गर्नुहोस्