२३ असार २०८३, मंगलबार

मुम्बईमा नक्कली खोपको बिगबिगी, सुईमा पानी हालेर घोचियो !

असार ११, २०७८
मुम्बईमा नक्कली खोपको बिगबिगी, सुईमा पानी हालेर घोचियो !

भारतको मुम्बईमा नक्कली खोप धमाधम लगाउने काम भइरहेको खुलासा भएको छ । 

इन्जेक्सनमा पानी राखेर खोप हो भन्दै मानिसहरूलाई ठग्ने धन्धाको अनुसन्धान गर्नका लागि मुम्बई प्रहरीले टोली गठन गरेको छ । 

महाराष्ट्र सरकारले बम्बे उच्च अदालतलाई बताएअनुसार, शहरमा दुई हजारभन्दा बढी मानिसलाई नक्कली खोप लगाइएको छ । 

यसै सिलसिलामा दुईजनालाई प्रहरी पक्राउ गरेको छ । 

नक्कली खोप दिनका लागि ठगहरूले मुम्बईको एक निजी अस्पतालबाट ३८ वटा सिसी किनेको आशंका छ । कुनै औषधि कम्पनीले नक्कली खोप अभियान चलाउनका लागि खाली सिसीहरूको दुरुपयोग गरेको हो कि भनेर पनि आशंका गरिएको छ । 

सुईमा पानी राखेर घोचिएकाले कसैलाई कुनै साइड इफेक्ट भएको छैन । 
 

शिवम अस्पतालका दुई कर्मचारीलाई पक्राउ गरेर सोधपुछ जारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्