१४ असार २०८३, आइतबार

बेलायत : गर्मीमा क्रिकेट खेल्दाखेल्दै मैदानमा ढलेर खेलाडीको मृत्यु

साउन ४, २०७८
बेलायत : गर्मीमा क्रिकेट खेल्दाखेल्दै मैदानमा ढलेर खेलाडीको मृत्यु

बेलायतमा शनिवार अत्यधिक गर्मी भएर लु चलेको बेलामा क्रिकेट खेलिरहेका एक खेलाडीको मैदानमा ढलेर मृत्यु भएको छ । 

मक्सूद अनवर नामक ती खेलाडी बलिङ गर्दागर्दै बिरामी परेका थिए । 

उनको टीम सल्ली सेन्चुरियन्सले आकस्मिक सेवाका लागि ९९९ मा डायल गरेको भए पनि उनलाई मैदानमा होशमा ल्याउन नसकिएको बताइएको छ । घटना साउथ वेल्सको ब्यारी नजिक भएको हो ।

म्याक्स भनेर चिनिने अनवरले चार ओभर बलिङ गरेपछि छातीमा पीडा अनुभव गरेका थिए । त्यसपछि एम्बुलेन्स बोलाइएको थियो । 

उनले छाती दुख्दा हीट स्ट्रोक भनी बेवास्ता गरेका थिए तर पछि मैदानमै ढले । 

एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीहरूले उनलाई हृदयघात भएको पुष्टि गरे । उनीहरूले उनलाई बचाउने प्रयास गरेको भए पनि निकै ढिलो भइसकेको थियो । 

उनको मृत्युपछि मोन्कवूड सीसीविरुद्धको खेल रद्द गरिएको थियो । घटनापछि मानिसहरूले बेलायतका क्रिकेट मैदानमा डिफिब्रिलेटरहरू जडान गर्न आह्वान गरेका छन् । 

बेलायतमा अहिले उखुमै गर्मी छ ।

salt training

कमेन्ट गर्नुहोस्