×

NMB BANK
NIC ASIA

प्यागोडा शैलीमा बोलबम धामको पुनर्निर्माण शुरू, विष्णु पौडेलले भने- स्रोतको अभाव हुन दिइँदैन

साउन ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीयस्थल बनाउने लक्ष्यसहित रुपन्देहीको सैनामैनास्थित परोहा परमेश्वर बोलबम धामको पुनः निर्माणको काम सुरु भएको छ । 

Muktinath Bank

दुई वर्षमा सम्पन्न गर्ने गरी पुनर्निर्माण शुरू गरिएको हो । सम्पन्न भएपछि सैनामैनामा पर्यटकको थप आकर्षण बढ्ने अपेक्षा गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुनर्निर्माणको पूर्व उपप्रधान तथा अर्थमन्त्री एंव नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले शनिवार भर्चुअल माध्यमबाट शिलान्यास गरे । सो अवसरमा बोल्दै पौडेलले गुरूयोजनाअनुसारको काम गर्न स्रोत सुनिश्चितताको कमी नहुने बताए ।


Advertisment
Nabil box
Kumari

‘सैनामैनामा विकासमा महत्त्वपूर्ण आयाम धाम पुनर्निर्माणले थपिने छ । सैनामैना कहिल्यै पछाडि पर्न दिइँदैन,’ उनले भने । 

Vianet communication
Laxmi Bank

प्यागोडा शैलीमा कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा बनाउने गुरुयोजना तयार गरी निर्माण शुरू भएको हो । 

सैनामैना नगरपालिकाले बनाएको गुरुयोजनाअनुसार धाममा मूल मन्दिरसहितका संरचनाहरू निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ । 

पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको छ । चारवटा ढोकासहितको मूल मन्दिरको छानो ५१ फिट लम्बाइको हुनेछ । 

बोलबम धामको नयाँ संरचना निर्माणपछि सैनामैनाले धार्मिक पर्यटनको विकासमा फड्को मार्ने अपेक्षा गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए ।

मूल मन्दिरको चारै कुनामा दुई तल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर बनाइने छ । मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहने गरी गुरुयोजनाको डिजाइन तयार गरिएको छ । 

करिब ५०० किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाई त्रिशूल र डमरु रहने मन्दिरमा साढे ५ फिटको मूल गजुर रहने छ । मन्दिर बनाउन नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा संघीय सरकारको सशर्त अनुदानको रकम खर्च हुनेछ । 

मूल मन्दिरको पूर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र विभिन्न देवीदेवताका मूर्तिहरूलाई मूल मन्दिरबाट उत्तरमा आकर्षक मन्दिर बनाई व्यवस्थित गरिने बताइएको छ । 

मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने र दोस्रो चरणमा आठ करोड बढीको पूर्वाधारहरू बनाइने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x