![तारा श्रीस मगरको गीत ‘आमा’ सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Aama1_S9ShTS53oG.jpg)
‘द भ्वाइस अफ नेपाल’ सिजन-३ की फर्स्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ ।
रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय छ ।
गीतमा परदेशमा रहेका नारीहरूले स्वदेशमा रहेका आमाको सम्झनामा भाव पोखिएको छ ।
दीपेन बस्न्यातको छायांकन तथा सम्पादन रहेको भिडियो भकारी एमडीसीले निर्माण गरेको हो । गीतको भिडियो बेष्ट टोन म्युजिकको युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।