०२ असार २०८३, मंगलबार

दोलखाको वोच प्रहरी चौकीमा आगलागी

साउन २९, २०७८
दोलखाको वोच प्रहरी चौकीमा आगलागी

दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । 

सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो ।  आगलागीबाट  टहरासहित केही हतियारसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिए । 

भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्