०१ असार २०८३, सोमबार

५० रूपैयाँमा पेटभरि खाना !

५० रूपैयाँमा पेटभरि खाना !

वीरगञ्जमा ५० रूपैयाँमा पेटभरि खाना खुवाउने भोजनालय सञ्चालनमा ल्याइएको छ । विशेष गरी वीरगञ्ज महानगरभित्रका श्रमिक वर्गलाई लक्षित गरेर ‘भरपेट भोजनालय’ सञ्चालनमा ल्याइएको हो । 

सुलभ मूल्यमा स्वस्थकर पौष्टिक भोजन उपलब्ध गराइरहेको समुदायमा आधारित संस्था सानो पाइलाले जनाएको छ । श्रमिक वर्गलाई लक्षित गरिए पनि जोकोही आएर पनि खाना खान सक्ने सो संस्थाले जनाएको छ । 

वीरगन्ज महानगरपालिका–१२ मा रहेको भोजनालयको शनिवार नेपाली कांग्रेस पर्साका नेता तथा संविधान सभा सदस्य अनिल रुंगटाले उद्घाटन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्