×

NMB BANK
NIC ASIA

'डल्बी एट्मोस्'मा शिव परियारको 'नभेटी नभेटी', के हो यो प्रविधि ?

भदौ ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गायक शिव परियारको 'नभेटी नभेटी' बोलको गीत 'डल्बी एट्मोस्' प्रविधिको प्रयोग गरी ध्वनि समायोजन गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

'डल्बी एट्मोस्' प्रविधि प्रयोग गरी ध्वनि समायोजन गरिएको यो पहिलो नेपाली गीत हो । यसको प्रयोग गर्ने व्यक्ति मुम्बई निवासी नेपाली साउण्ड इन्जिनियर समिक सापकोटा हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'नेपाली संगीतको जगतमा यो नौलो तकनिकी अनुप्रयोगयुक्त ध्वनि मिश्रण गरिएको हो,' सापकोटाले भने ।  


Advertisment
Nabil box
Kumari

भारतमा भने 'नाइन्टीनाइन संग्स्' नामक चलचित्रका गीतहरूमा यस प्रविधिको पहिलो प्रयोग प्रसिद्ध संगीतकार एआर रहमानले गरेका थिए ।

Vianet communication
Laxmi Bank

आखिर यो 'डल्बी एट्मोस्' प्रविधि के हो त ?

समिक भन्छन्, 'साधारणतया गीत वा सांगीतिक रेकडिङ्हरू स्टिरियो वा मोनो फर्म्याटमा रेकर्डिङ् एवं मिश्रण गरिएका हुन्छन् तर डल्बी एट्मोस् प्रणालीअन्तर्गत मिश्रण गरिएका गीतहरू भने स्थानिक ध्वनि प्रविधिलाई अपनाएर मानिसले वास्तविक जीवनमा झैं चारै दिशा एवं ओभरहेड र सतही दिशाहरूबाट प्रसारित हुन्छन् ।

'डल्बी एट्मोस्' प्रविधिको उपयोग गरिएका सांगीतिक प्रस्तुति सुन्दा वास्तविक जीवनमा जस्तै प्राकृतिक ध्वनिको अनुकरण एवं आभास हुने उनको भनाइ छ ।

'प्रायोगिक रुपमा यो अझै पनि एक नवीन फर्म्याट र प्रविधि भएकाले जनमानसमा सबैलाई विदित नहुन सक्छ,' उनले भने ।

अहिलेका लागि 'डल्बी एट्मोस्' इंकित गीतसंगीत सुन्न चाहने स्रोताले टाइडल, एप्पल म्युजिक र अमेजन एच डी जस्ता स्ट्रिमिङ प्ल्याटफर्महरूबाट लाभ उठाउन सक्ने उनी बताउँछन् ।

'यो फर्म्याट नेपालमा एप्पल म्युजिकमार्फत् प्रयोग गर्न सकिन्छ । यसका लागि आधारभूत रुपमा अनुकूल सुन्ने साधन भने जरुरी  हुन्छन्,' समिक भन्छन्, 'मोबाइलमा भने बिनओरल फर्म्याटमा बज्ने गर्छ र त्यसका लागि उचित हेडफोन वा इअरफोनको आवश्यकता हुन्छ । यस प्रविधिको उपयोग गर्दा वास्तविक संगीत कार्यक्रममा सुनैझैँ आभास हुन्छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x