×

NMB BANK
NIC ASIA

बन्ला ईयूको आफ्नै आर्मी ?

आफ्नै सेना बनाउने ईयूको प्रयासमा अमेरिका सधैँ तगारो, अफगानिस्तान प्रकरणपछि ब्युँतियो मुद्दा

भदौ २२, २०७८

NTC
Sarbottam
Photo : tfiglobalnews.com
Premier Steels
Marvel

अफगानिस्तानबाट हतारहतार गरी अव्यवस्थित रूपमा अमेरिका बाहिरिएपछि युरोपेली संघ (ईयू) ले आफ्नै सेना बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ । 

Muktinath Bank

गत साता ईयूका परराष्ट्र मामिला प्रवक्ता जोसेप बोरेलले अफगानिस्तानबाट नेटोको सैन्यफिर्तीले ईयूको सेना गठन गर्न उत्प्रेरित गरेको बताएका थिए । ईयूले ५ हजार सैनिकको र्‍यापिड रेस्पोन्स फोर्स बनाउन चाहेको बोरेलको भनाइ छ । उनको यस प्रस्तावलाई युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले पनि समर्थन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ईयूको रक्षा योजनाअन्तर्गत सेना गठनका विषयमा आगामी नोभेम्बर महिनामा पहिलो मस्यौदा ल्याइने र सन् २०२२ को आरम्भमा अन्तिम मस्यौदा सार्वजनिक गरिने लक्ष्य लिइएको छ ।


Advertisment
Nabil box
Kumari

ईयूका वरिष्ठ अधिकारीहरूले आफ्नै सेना हुनुपर्ने भनी लामो समयदेखि माग राख्दै आइरहेका थिए । सन् २०१५ मा युरोपेली आयोगका तत्कालीन अध्यक्ष जीन–क्लाउड जंकरले ईयू सेनाको अवधारणालाई समर्थन गरेका थिए । युरोपेली संघको मूल्यामान्यताको रक्षाका लागि आफूहरू गम्भीर रहेको भनी रुसलाई देखाउन पनि सेना आवश्यक रहेको उनले तर्क गरेका थिए । 

Vianet communication
Laxmi Bank

जंकरकी उत्तराधिकारी बहालवाला अध्यक्ष उर्सुला फोन देर लेयेनले युरोपका सशस्त्र बलहरूलाई एकीकृत गर्ने विषयमा प्रगति भएको दाबी गरेकी छन् । स्वतन्त्रता र समृद्धिका लागि ५० करोड नागरिकलाई एकजुट राख्ने युरोपले आफ्नो प्रतिरक्षा आफैं गर्नुपर्ने हुन्छ भन्ने उनको तर्क छ । 

ईयूले आफ्नै सेना बनाउने कुराको परीक्षण सन् २००५ तिरै गरेको थियो । त्यतिखेर उसले संघमा आबद्ध सबै सदस्य मुलुकहरूका सेनालाई भेला पारेर ईयू ब्याटलग्रूप्स बनाएको थियो । तर अहिलेसम्म ती सैनिकहरूलाई कुनै जिम्मेवारी दिइएको छैन । अब भने तिनलाई ईयू सेना बनाउने दिशामा अघि बढ्ने संकेत पाइएको छ । 

ईयूले किन आफ्नै सेना बनाउन खोजेको हो त ? यसमा बदलिँदो विश्व व्यवस्थाको संरचना जिम्मेवार छ । 

अमेरिकाको एकध्रुवीय विश्व क्रमशः परिवर्तन भएर बहुध्रुवीय विश्व बन्न लागेको छ । यस बहुध्रुवीय विश्वका चार प्रमुख खेलाडी छन् ः अमेरिका, चीन, रुस र ईयू । 

अन्य तीन खेलाडीको सैन्य संरचना बलियो छ । तर ईयू त विभिन्न मुलुकहरू मिलेर बनेको संगठन भएकाले यसको बेग्लै सैन्य संरचना छैन । ईयूका सदस्य मुलुकहरूले आआफ्नै हिसाबमा रक्षा मामिलामा गर्ने खर्च र तिनको सैन्य संख्या हेर्दा तिनीहरू एकजुट भएछन् भने संसारको बलियो सेना बन्न चाहिँ सक्छन् ।  

दोस्रो विश्वयुद्धमा एकआपसमै भिडेर जर्जर बनेका युरोपेली मुलुकहरूलाई युद्धपछि सुरक्षा दिन ब्रेट्टन वूड्स सहमतिमार्फत अमेरिकाले पहल गरेको थियो । त्यसअन्तर्गत सोभियत रुसबाट हुने सुरक्षा जोखिमलाई न्यून गर्नका लागि अमेरिकाले नेटो नामक संगठन निर्माण गरेको थियो अनि युरोपका विभिन्न मुलुकमा आफ्ना सैन्य अड्डाहरू खडा गरेको थियो । अमेरिकाको त्यही सैन्य उपस्थितिका कारण युरोप पुनः आपसी संघर्षमा नहोमिइकन सोभियतबाट बच्दै संघ बनाउन सफल भएको हो । 

तर अमेरिकाको सुरक्षा छातामा रहेकाले युरोपले आफ्नो सुरक्षा आफैं गर्नका लागि सामर्थ्य हासिल गर्ने अवसर नै पाएन । यसमा अमेरिकाको पनि अवरोध रहेको सेन्टर फर अमेरिकन प्रोग्रेसको वेबसाइटमा म्याक्स बर्गम्यान, जेम्स लामोन्ड र सिएना सिसारेलीले लेखेको लेखमा तर्क गरिएको छ । 

युरोपले आफ्नो स्वाधीन सेनामार्फत रक्षाका लागि प्रयास गर्दा अमेरिकाले नै भिटो लगाउने गरेको उनीहरू लेख्छन् । यसले गर्दा असंगत परिस्थिति निर्माण भएको छ । अमेरिकाले ईयूलाई रक्षामा अहिलेको भन्दा बढी योगदान गर्न भन्छ तर ईयूले त्यस्तो काम गर्न खोज्दा अमेरिका आफैंले रोक्छ । 

बर्गम्यान, लामोन्ड र सिसारेलीका अनुसार, अमेरिकाको यस रणनीतिक भूलका कारण नेटोको सैन्यशक्ति कमजोर बनेको छ, पराआन्ध्रीय साझेदारी अर्थात् ट्रान्सएटलान्टिक अलायन्समा दरार देखिएको छ र युरोपको विश्वव्यापी प्रभाव क्रमशः ओरालो लाग्दै गएको छ । 

बाराक ओबामाकै पालादेखि अमेरिकाले युरोपलाई सुरक्षा खर्चमा बढी योगदान दिन जोड गरेको हो । ओबामाले त्यसलाई विनम्र तरिकाले बताउने गर्थे भने उनीपछिका राष्ट्रपति डोनल्ड ट्रम्पले ठाडै ईयूका सदस्यहरूलाई हप्कीदप्की गर्थे । ट्रम्पको पालामा अमेरिका–ईयू सम्बन्ध निकै बिग्रिएको थियो । जो बाइडनले यस सम्बन्धलाई न्यानो बनाउने बताएका छन् । 

तर अफगानिस्तानबाट निस्कने बेलामा अमेरिकाले नेटोका अन्य सदस्य मुलुकहरूसँग सल्लाह नगरी जसरी एकपक्षीय निर्णय लियो, त्यसबाट अमेरिकाको विश्वास गरेर बस्न नसकिने सोच ईयूमा थप दह्रो बनेको छ । सन् २०१९ मै फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले नेटोको मस्तिष्कीय मृत्यु (ब्रेन डेड) भइसकेको र युरोप आफ्नो सुरक्षाका लागि आफैं जाग्नुपर्ने बताएका थिए । उक्त बयानका लागि उनले पछि माफी मागेको भए पनि अमेरिका र ईयूबीच सौहार्द्रपूर्ण सम्बन्ध नभएका विभिन्न उदाहरण छन् । 

रुससँग ग्यास खरिद गर्नका लागि ईयूको सबभन्दा प्रभावशाली मुलुक जर्मनीले गरेको दोस्रो नोर्ड स्ट्रीम सम्झौताबाट पनि अमेरिका खुशी छैन । रुसबाट बाल्टिक सागर हुँदै जर्मनी पुर्‍याइने यो पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ र यसले रुसलाई युरोपका विरुद्ध शक्तिशाली भूराजनीतिक हतियार उपलब्ध गराउने विश्लेषण भइरहेको छ । 

अमेरिकाले रुसको ग्यासभन्दा निकै महंगो लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) युरोपलाई बेच्न चाहेको थियो तर युरोप त्यसका लागि इच्छुक भएन । त्यसले पनि अमेरिकालाई चिढ्याएको छ ।

अनि अमेरिकाले अहिले आफ्नो भूराजनीतिक प्रतिस्पर्धी चीनलाई मानेको छ र चीनलाई रोक्न सबै किसिमका उपाय अपनाउन खोजेको छ । युरोप चाहिँ चीनसँगको व्यापार सम्बन्ध कायम राख्न चाहन्छ । सन् २०२० को अन्त्यतिर ईयू र चीनबीच लगानी साझेदारीमा हस्ताक्षर हुँदा त्यतिखेर नवनिर्वाचित राष्ट्रपति बाइडनले चित्त नबुझाएको खबर आएको थियो । 

ट्रम्पले त जर्मनीबाट १२ हजार अमेरिकी सैनिक फिर्ता बोलाएर हिन्द–प्रशान्त क्षेत्रमा तैनाथ गर्न नै चाहेका थिए । तर बाइडन प्रशासनले उक्त निर्णयलाई रोक्का गरेर त्यसको समीक्षा गरिरहेको छ । 

यस्तो घटनाक्रम विकसित भइरहेकाले ईयूले अमेरिकाको सुरक्षा छाताको प्रत्याभूतिमा ढुक्क हुन नसकिने थाहा पाएको छ र आफ्नो सेना बनाउन जोड दिएको छ ।

तर ईयूलाई आफ्नै सेना बनाउन त्यति सहज छैन । सदस्य मुलुकहरूले आफ्नो राष्ट्रिय सार्वभौमसत्तालाई तल पार्ने गरी संघका लागि सैनिक पठाउने काम गर्लान् जस्तो लाग्दैन ।

आखिर ईयूले संयुक्त राष्ट्रसंघको जस्तो शान्तिसैनिकको दस्ता बनाउन खोजेको हैन, युद्ध लड्न सक्ने सेना बनाउन खोजेको हो । त्यस्तो सेनालाई युद्धका लड्नका लागि प्रेरित गर्ने देशभक्ति ईयू जस्तो संघले कसरी जगाउन सक्छ ? ईयूका मूल्यमान्यताका लागि लड्ने आदर्शवादी सेना गठन गर्न सजिलो होला र ? 

अनि नेटोले नै ईयू सेना बनाउने कुरामा चित्त बुझाएको छैन । नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले बेलायती पत्रिका द टेलिग्राफसँग कुरा गर्दै युरोपले सुरक्षाका विषयमा थप प्रयास गर्नुपर्ने तर कुनै पनि संरचनाले नेटोलाई विस्थापित गर्न नहुने बताए । युरोप र उत्तर अमेरिकाबीचको सहकार्य टुट्न नहुने, सम्बन्ध कमजोर बनाउन खोजिएमा युरोप विभाजित हुने पनि उनले दाबी गरे । 

नेटोले ईयूको सेना गठन प्रस्तावमा देखाएको असन्तुष्टि प्रकारान्तरले अमेरिकाकै अरुचिको अभिव्यक्ति हो । यसबाट अमेरिकाको कनिष्ठ साझेदारका रूपमा बसिरहनु ईयूको नियति हो भन्न सकिन्छ । 

समान संस्कृतिले जोड्ने पराआन्ध्रीय साझेदारीको दुहाई दिए पनि अमेरिकाले कुनै अर्को ब्लकलाई एकजुट भएर शक्तिशाली बन्न दिने कदम उठाउला भनी विश्वास गर्न सकिन्न । चीन र रुसलाई जस्तो आफ्नो सुरक्षामा चुनौती दिने एड्भर्सरीका रूपमा त अमेरिकाले लिँदैन तर ईयूको बलियो खेमा बन्न दिनबाट रोक्छ । त्यसैले स्वाधीनताका लागि ईयूले गरेको प्रयास सोचे जति सहज छैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x