×

Nic Asia
Dabur
Prabhu Bank

भिडियो स्टोरी

राजधानीलाई गिज्याइरहेको र जनतालाई सताइरहेको सातदोबाटो–गोदावरी सडकको कथा [भिडियो स्टोरी]

काठमाडाैं | भदौ २९, २०७८

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । 

yONNEX
IME BANK INNEWS

पहिला आफ्नै गाडीमा २० मिनेटमा लगनखेल पुग्ने उनलाई बाटोको खराब अवस्थाका कारण हिजोआज करीब डेढ घण्टा लाग्ने गरेको छ । कारण हो, अस्तव्यस्त सडक । जुनसुकै सरकार आए पनि सडकको अस्तव्यस्ततामा कसैको नजर पुग्दैन ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कार्की जस्तै पीडित छन्, राजकुमार श्रेष्ठ । उनी भन्छन्, ‘धुलो खाँदाखाँदा जहिल्यै बिरामी परिन्छ ।’

उनले बाटोको दुर्गति सहन नसकेर सामाजिक सञ्जालमा स्टाटस नै लेखेका छन्, ‘यो सडक पञ्चायतकालमा भीआईपी सडक तर अहिले गणतन्त्रकालमा खाते सडक ।’


Advertisment
Lokantar App
Saurya island

सातदोबाटो–गोदावरी रुटमा पर्ने हरिसिद्धिदेखि बाडेगाउँ हुँदै ठैबसम्मको सडकमा कतै गिट्टीबालुवा थुपारेर छाडिएको छ भने कतै एक लेन मात्र पिच गरेर छाडिएको छ, कतै खाल्डो । झन् बर्खाको समय भएर होला, त्यहाँ पुग्दा सडकमा हिलो र पानी जहाँ त्यहीँ भेटिन्छ ।

ठैबका कपडा पसले राजु श्रेष्ठ बिक्री गर्न भनेर आज ल्याएको सामान भोलिपल्ट नै फोहोर हुने गरेको बताउँछन् । ‘ग्राहक सामान लिन नै हिच्किचाउने गरेका छन्,’ उनले भने, ‘यति मात्रै कहाँ हो र ? धुलोले गर्दा जहिल्यै घाँटी दुख्ने गरेको छ ।’

Vianet communication

सडकको सकसबारे काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका आयोजना प्रमुख गुरुप्रसाद अधिकारीसँग जिज्ञासा राख्दा सडक बन्न ढिलाइ हुनुमा धेरै बाधा व्यवधान रहेका बताए । ‘सम्बन्धित निकायले कहिले पोल सार्नमा ढिलाइ गर्ने, कहिले स्थानीय सरकारले ढल राख्न खाल्डो खन्दा हामीलाई काम गर्न समस्या परेको छ,’ उनले भने, ‘बाडेगाउँमा बाटोमा परेको जग्गाका घरधनीले मुआब्जा लिन नआउँदा मुआब्जा नै फ्रिज हुन गएको छ ।’

आगामी चैत्र–वैशाखसम्म काम सक्ने गरी म्याद थपको लागि मन्त्रालयमा प्रस्ताव पेश गर्ने र थपिएको समयमा कार्यसम्पन्न हुने गरी काम अगाडि बढाइने उनले बताए । 

गोदावरी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको जमघट हुने थलो हो । त्यसमाथि गोदावरीमा विभिन्न परियोजना बनिरहेका छन् । गोदावरीमा ३ हजार जना अट्ने सभाहल बनेको छ, जहाँ विभिन्न अन्तर्राष्ट्रिय सेमिनार हुन सक्छन् तर सडकको दुर्दशाले यी र यस्ता कार्यलाई नराम्रोसँग असर पर्ने स्थानीय बताउँछन् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
भदौ २३, २०७९

केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...

साउन ३२, २०७८

व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् । यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ...

भदौ ८, २०७८

चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954

माघ ७, २०७८

कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ । सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  पछिल्ल...

असोज २०, २०७८

राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरस...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x