
आगामी जुन २१ मा मनाइने १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय (त्रिवि) आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा त्रिवि परिसरमा योग सत्र सम्पन्न भएको छ।
विश्वविद्यालयका कामु उपकुलपतिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राध्यापक, विद्यार्थी तथा योगप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागीहरूले सुस्वास्थ्य, सद्भाव र समग्र कल्याणका लागि योगको महत्वबारे चर्चा गर्दै सामूहिक योगाभ्यास गरेका थिए।
योगको शाश्वत सन्देशलाई जनमानससम्म पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको नेपालस्थित भारतीय दूतावासले एक्समार्फत जनाएको छ ।