![प्रताप दासको स्वरमा 'रिसाउन त रिसाउ' [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/risauna_tw_risau_Q7PUWq4ppp.png)
'रिसाउन त रिसाउ' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 'दिनेश खनाल अफिसिएल' मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
गायक प्रताप दासको स्वर रहेको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ । नविन कार्कीले संगीत गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् ।
अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ ।
म्युजिक भिडियोमा दिनेश खनाल र विष्णु मिश्रलाई मायालु जोडीको रुपमा प्रस्तुत गरिएको छ ।
बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो ।