×

X
Dabur
Nic Asia
Marvel

अल्पसंख्यकमाथि अत्याचार

बंगलादेशमा धार्मिक अल्पसंख्यकहरू जोखिममा पर्ने गरी कट्टरपन्थीहरूको पुनरुदय

काठमाडाैं | कात्तिक १, २०७८

Image Credit : scroll.in
TVS INSIDE

बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका मानिसमाथि विगत केही दिनयता लगातार आक्रमण भइरहेका समाचार आएका छन् ।  

IME BANK INNEWS
morang Auto yamaha

गत बुधवार राजधानी ढाकाबाट लगभग १०० किलोमिटर पर रहेको कुमिला नामक स्थानमा हिन्दूहरूले दुर्गा पूजाको उत्सव मनाइरहेको बेलामा मुसलमानहरूको पवित्र धर्मग्रन्थलाई अपमान गरिएको खबर सामाजिक सञ्जालमा फैलियो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

त्यसपछि आक्रोशित भीडले दुर्गा पूजा पण्डालहरूमा आक्रमण गरेको थियो । अनि साम्प्रदायिक हिंसा फैलिँदै गएपछि अन्य शहरमा रहेका हिन्दूहरू पनि त्यसको चपेटामा पर्न थालेका छन् । 

हिंसामा परी अहिलेसम्म सात जनाको मृत्यु भइसकेको र ५०० भन्दा बढी घाइते भएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् । 

Vianet communication
Maruti inside

फेनी नामक स्थानमा हिन्दूहरूको घर, पसल र मन्दिरमा गरिएको आक्रमणले भारत विभाजनकै समयको झझल्को दिएको हिन्दू संगठनहरूको भनाइ छ । 

थप हिंसा भड्किन नदिनका लागि अतिरिक्त सुरक्षाबल तैनाथ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेशले देशका ६४ प्रशासनिक जिल्लामध्ये ३४ वटामा निगरानी बढाएको छ । अपराध नियन्त्रणका लागि गठन गरिएको र्‍यापिड याक्सन बटालियनले हिंसामा संलग्न प्रमुख व्यक्तिहरूलाई पक्राउ गर्नलाई लागि व्यापक अभियान चलाएको बताइएको छ । 

प्रधानमन्त्री शेख हसिनाले बिहीवार हिन्दू समुदायका मानिसलाई भेटेर अपराधीहरूका विरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । जुनसुकै धर्मको भए पनि अपराधीलाई खोजेर कठोर सजाय दिइने आश्वासन उनले दिएकी छन् । 

गृहमन्त्री असदुज्जमान खान कमालले साम्प्रदायिक हिंसामार्फत देशमा अस्थिरता फैलाउनका लागि सुनियोजित रूपमा लागिपरेका कुतत्त्वहरूलाई एकएक गरी समात्ने बताएका छन् । 

सूचना तथा प्रसारणमन्त्री हसन महमुदले विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी र जमात–ए–इस्लामी यस हिंसाका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । सीसीटीभी फूटेजबाट आक्रमणकारीहरू पत्ता लगाउने र सजाय दिइने उनको भनाइ छ ।

आफूहरूमाथि भइरहेको आक्रमणको विरोधमा बंगलादेश हिन्दू बुद्धिस्ट क्रिस्चियन युनिटी काउन्सिलले आगामी शनिवार भोक हड्ताल र धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ । न्यायको माग गर्दै हिन्दू तथा अन्य अल्पसंख्यक समुदायहरू धर्नामा बस्ने भएका हुन् ।

बंगलादेशको लगभग १७ करोड जनसंख्यामा हिन्दूहरू जम्मा ८.५ प्रतिशत छन् । सन् १९४७ मा भारत विभाजन हुँदा तत्कालीन पूर्वी पाकिस्तानमा ३० प्रतिशत हिन्दू थिए । 

सन् १९७१ मा भएको युद्धपछि पूर्वी पाकिस्तान बंगलादेश बन्यो र त्यतिखेर हिन्दूहरूमाथि चरम दमन तथा हत्या गरियो । निकै ठूलो संख्यामा हिन्दूहरू भारततर्फ पलायन भए । त्यसले गर्दा हिन्दूहरूको संख्या १३ प्रतिशतमा झरेको थियो । 

बंगलादेशमा हिन्दूहरूको संख्या लगातार घटिरहेको छ र अहिले त्यो ८.५ प्रतिशतमा सीमित छ । यसरी हिन्दूहरूको संख्या घटिरहेको भए पनि बंगलादेशका कट्टरपन्थीहरूलाई त्यति पनि सह्य नभएर हिन्दूमाथि आक्रमण गरिरहेका हुन्छन् । 

शेख हसिनाको शासनकालमा हिन्दूहरूमाथिको आक्रमण केही कम भएको तथ्यांक देखिन्छ । नत्र त्यसअघि विभिन्न बहानामा आक्रमण गरिन्थ्यो । 

सन् १९९२ मा भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएपछि बंगलादेशमा हिन्दूहरूमाथि बर्बर आक्रमण गरिएको घटना तसलिमा नसरीनको पुस्तक ‘लज्जा’मा वर्णन गरिएको छ ।

खालेदा जियाको शासनकालमा हिन्दूहरूमाथि व्यापक मात्रामा आक्रमण गर्ने गरिएको प्रख्यात पत्रकार शहरियार कबीरको नेतृत्वमा बनेको एक टोलीले अभिलेख राखेको भारतीय राजनीतिकर्मी तथागत रोयले लेखेका छन् । उनलाई यस्तो अभिलेख राखेकोमा जेल समेत पठाइएको थियो । उनको अभिलेख एक श्वेतपत्रमा उल्लेखित छ र त्यसमा देशका अल्पसंख्यक समुदायमाथि १५ सय दिनसम्म गरिएको दमनको वर्णन छ ।

शेख हसिनाले शासन चलाउन थालेपछि सन् २०१३ मा जमात–ए–इस्लामी नामक उग्रवादी समूहले हिन्दूहरूमाथि आक्रमण गरी ४० वटा मन्दिरमा तोडफोड गरेको थियो । कोमिला जिल्लामा त्यतिखेर पनि हिन्दूहरूको घर र पसलमा आगजनी गरिएको थियो । 

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले हिन्दूहरूमाथिको आक्रमणमा चिन्ता व्यक्त गरेको थियो । त्यसपछि पनि हिन्दूहरूमाथिका आक्रमणका घटना फाट्टफुट्ट हुने गरेका छन् । 

पोहोर साल एक कट्टरपन्थी नेता मामुनुल हकको भाषणलाई आलोचना गर्दै एक हिन्दू युवकले फेसबूकमा पोस्ट गरेपछि उनका हजारौं समर्थकहरूले सिल्हेटमा हिन्दूहरूको ७० देखि ८० वटा घर भत्काएका थिए । 

बंगलादेशमा हिन्दू मात्र नभई अल्पसंख्यक शिया, अहमदिया, क्रिस्चियन र बौद्ध समुदायका मानिसमाथि पनि आक्रमण हुने गरेको विभिन्न अधिकारवादी संगठनहरूको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसो त शेख हसिनाले इस्लामिक कट्टरपन्थीहरूमाथि कठोर दमनको नीति अपनाएकी छन् । उनका पिता तथा बंगलादेश स्वतन्त्रता संग्रामका नायक मुजीबुर रहमानलाई इस्लामिक उग्रवादीहरूले हत्या गरेका थिए । उनले पिताका हत्याराहरूलाई सजाय दिनका लागि अथक प्रयास गरेकी थिइन् र त्यसमा सफलता पनि पाएकी थिइन् । युद्धअपराधी अब्दुल कादर मोल्लालाई मृत्युदण्ड दिइएको थियो । 

शेख हसिनाले कट्टरपन्थीहरूमाथि दमन गरेपछि कट्टरपन्थी समूह जमात–ए–इस्लामी भूमिगत भएको थियो । पत्रकार अभिजीत मजुमदारका अनुसार, शेख हसिनाले जमातप्रति सहानुभूति राख्ने इस्लामी बैंक र इब्न सिना अस्पताललाई सरकारको नियन्त्रणमा ल्याएकी थिइन् ।  

तर जमातको सूचना प्रविधि शाखा बाशेर केल्लाले हालैका दिनमा हिन्दूविरोधी प्रचारबाजी गर्न थालेको मजुमदार लेख्छन् । जमातको हौसला बढाउनमा सरकारको पनि हात रहेको आरोप मजुमदारले लगाएका छन् । 

पर्यवेक्षकहरूलाई उद्धृत गर्दै मजुमदारले शेख हसिनाको दल अवामी लीग चुनावी फाइदाका लागि जमातसँग गोप्य तालमेल गरिरहेको मजुमदार लेख्छन् । अवामी लीगको विद्यार्थी संगठन छात्र लीगले हिन्दूहरूमाथि आक्रमण गर्ने गरेको आरोप पनि छ । 

त्यसबाहेक शेख हसिनाले हिफाजत–ए–इस्लाम नामक संगठनलाई पनि प्रोत्साहन गरिरहेको मजुमदारको भनाइ छ । उक्त संगठनले चलाएका कौमी मदरसाहरूलाई सरकारले पुनर्जीवन दिइरहेको छ अनि ढाकामा रहेको सर्वोच्च अदालत परिसरमा महिलाको मूर्ति हटाउन उसले गरेको मागलाई पूरा गरेको छ । 

अर्थात्, शेख हसिनाले इस्लामी कट्टरपन्थी संगठनहरूलाई निमिट्यान्न नपारेर आफ्नो फाइदाका लागि उपयोग गर्ने रणनीति बनाएकाले उनीहरू प्रोत्साहित भएर अल्पसंख्यक हिन्दू समुदायमाथि आक्रमण गरिरहेको देखिन्छ । 

पाकिस्तानमा ईश्वरनिन्दा कानूनको आडमा अल्पसंख्यक समुदायमाथि आक्रमण गरिने गरेकोमा बंगालदेशका कट्टरपन्थीहरूले पनि त्यसको सिको गरिरहेको देखिन्छ । ढाका ट्राइब्युनमा मानवशास्त्री मोहम्मद तारेक हसनले प्रकाशन गरेको लेखमा इस्लामी धर्मग्रन्थको अपमानको बहाना बनाउँदै घृणावादी कट्टरपन्थीहरूले अल्पसंख्यक समुदायमाथि आक्रमण गर्ने योजना बनाउन थालेको लेखेका छन् । 

यो समस्या बंगलादेशमा मात्र सीमित छैन । यसैबीच जम्मु–कश्मीरमा पनि इस्लामी कट्टरपन्थीहरूले हिन्दू समुदायका सर्वसाधारणको हत्या गरेको खबर आइरहेको छ । 

अफगानिस्तानमा कट्टरपन्थी तालिबानको विजयपछि दक्षिण एसियामा उग्रवादीहरूको मनोबल बढिरहेको देखिन्छ । त्यसले गर्दा मुसलमानबहुल देशमा अल्पसंख्यकहरूमाथिको आक्रमणले तीव्रता पाउने संकेत पाइएको छ । 

TATA Below
NLIC
साउन १९, २०७९

अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण खतरनाक रणनीतिअन्तर्गत आएको देखिन्छ ।  एक चीन नीतिलाई परित्याग गरी ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न अमेरिकाका नवअनुदारवादीहरूले राखिरहेको मागलाई पल...

साउन १७, २०७९

नेपाललाई कूटनीतिक सन्तुलन कायम राख्न नै गाह्रो पर्ने गरी अमेरिकी र चिनियाँ अधिकारीहरूले विगत केही समययता बाक्लै भ्रमण गरिरहेका छन् ।  अघिल्लो साता अमेरिकाको परराष्ट्र मन्त्रालयका कर्मचारी डोनल्ड लु नेपाल...

साउन २२, २०७९

चीनको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि आक्रोशित चीनले ताइवान क्षेत्र नजिक सैन्य अभ्यास जारी राखेको छ ।  आइतवार (७ अगस्ट) सम्म भएको अभ्यास अब नियम...

साउन २३, २०७९

चीन र अमेरिकाबीचको सम्बन्ध अहिले निकै चिसिएको छ र त्यसको प्रमुख कारण ताइवान हो ।  अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले चीनलाई रणनीतिक पासोमा पार्ने उद्देश्यले ताइवान भ्रमण गरेपछि चिनियाँ जनमुक्ति से...

साउन १८, २०७९

सन् १९९० को नोभेम्बर अर्थात् वि.सं. २०४७ मंसिरमा नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भारतको भ्रमण गरेका थिए ।  २०४७ सालको संविधान जारी भएपछि २०४८ सालमा प्रतिनिधि सभाको चुनाव हुने...

साउन १८, २०७९

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिश गरेको एक महिना बित्न लाग्यो, तर सरकारले अझै प्रदेशसभा र प्रतिनिधिसभा चुनावको मिति तोक्ने सकेको छैन ।  गत असारको २२ गते न...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x