×

NMB BANK
NIC ASIA

अल्पसंख्यकमाथि अत्याचार

बंगलादेशमा धार्मिक अल्पसंख्यकहरू जोखिममा पर्ने गरी कट्टरपन्थीहरूको पुनरुदय

कात्तिक १, २०७८

NTC
Image Credit : scroll.in
Premier Steels

बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायका मानिसमाथि विगत केही दिनयता लगातार आक्रमण भइरहेका समाचार आएका छन् ।  

Muktinath Bank

गत बुधवार राजधानी ढाकाबाट लगभग १०० किलोमिटर पर रहेको कुमिला नामक स्थानमा हिन्दूहरूले दुर्गा पूजाको उत्सव मनाइरहेको बेलामा मुसलमानहरूको पवित्र धर्मग्रन्थलाई अपमान गरिएको खबर सामाजिक सञ्जालमा फैलियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि आक्रोशित भीडले दुर्गा पूजा पण्डालहरूमा आक्रमण गरेको थियो । अनि साम्प्रदायिक हिंसा फैलिँदै गएपछि अन्य शहरमा रहेका हिन्दूहरू पनि त्यसको चपेटामा पर्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

हिंसामा परी अहिलेसम्म सात जनाको मृत्यु भइसकेको र ५०० भन्दा बढी घाइते भएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् । 

Vianet communication

फेनी नामक स्थानमा हिन्दूहरूको घर, पसल र मन्दिरमा गरिएको आक्रमणले भारत विभाजनकै समयको झझल्को दिएको हिन्दू संगठनहरूको भनाइ छ । 

थप हिंसा भड्किन नदिनका लागि अतिरिक्त सुरक्षाबल तैनाथ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । अर्धसैनिक बल बोर्डर गार्ड बंगलादेशले देशका ६४ प्रशासनिक जिल्लामध्ये ३४ वटामा निगरानी बढाएको छ । अपराध नियन्त्रणका लागि गठन गरिएको र्‍यापिड याक्सन बटालियनले हिंसामा संलग्न प्रमुख व्यक्तिहरूलाई पक्राउ गर्नलाई लागि व्यापक अभियान चलाएको बताइएको छ । 

प्रधानमन्त्री शेख हसिनाले बिहीवार हिन्दू समुदायका मानिसलाई भेटेर अपराधीहरूका विरुद्ध कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । जुनसुकै धर्मको भए पनि अपराधीलाई खोजेर कठोर सजाय दिइने आश्वासन उनले दिएकी छन् । 

गृहमन्त्री असदुज्जमान खान कमालले साम्प्रदायिक हिंसामार्फत देशमा अस्थिरता फैलाउनका लागि सुनियोजित रूपमा लागिपरेका कुतत्त्वहरूलाई एकएक गरी समात्ने बताएका छन् । 

सूचना तथा प्रसारणमन्त्री हसन महमुदले विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी र जमात–ए–इस्लामी यस हिंसाका लागि जिम्मेवार भएको आरोप लगाएका छन् । सीसीटीभी फूटेजबाट आक्रमणकारीहरू पत्ता लगाउने र सजाय दिइने उनको भनाइ छ ।

आफूहरूमाथि भइरहेको आक्रमणको विरोधमा बंगलादेश हिन्दू बुद्धिस्ट क्रिस्चियन युनिटी काउन्सिलले आगामी शनिवार भोक हड्ताल र धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ । न्यायको माग गर्दै हिन्दू तथा अन्य अल्पसंख्यक समुदायहरू धर्नामा बस्ने भएका हुन् ।

बंगलादेशको लगभग १७ करोड जनसंख्यामा हिन्दूहरू जम्मा ८.५ प्रतिशत छन् । सन् १९४७ मा भारत विभाजन हुँदा तत्कालीन पूर्वी पाकिस्तानमा ३० प्रतिशत हिन्दू थिए । 

सन् १९७१ मा भएको युद्धपछि पूर्वी पाकिस्तान बंगलादेश बन्यो र त्यतिखेर हिन्दूहरूमाथि चरम दमन तथा हत्या गरियो । निकै ठूलो संख्यामा हिन्दूहरू भारततर्फ पलायन भए । त्यसले गर्दा हिन्दूहरूको संख्या १३ प्रतिशतमा झरेको थियो । 

बंगलादेशमा हिन्दूहरूको संख्या लगातार घटिरहेको छ र अहिले त्यो ८.५ प्रतिशतमा सीमित छ । यसरी हिन्दूहरूको संख्या घटिरहेको भए पनि बंगलादेशका कट्टरपन्थीहरूलाई त्यति पनि सह्य नभएर हिन्दूमाथि आक्रमण गरिरहेका हुन्छन् । 

शेख हसिनाको शासनकालमा हिन्दूहरूमाथिको आक्रमण केही कम भएको तथ्यांक देखिन्छ । नत्र त्यसअघि विभिन्न बहानामा आक्रमण गरिन्थ्यो । 

सन् १९९२ मा भारतको अयोध्यामा बाबरी मस्जिद भत्काइएपछि बंगलादेशमा हिन्दूहरूमाथि बर्बर आक्रमण गरिएको घटना तसलिमा नसरीनको पुस्तक ‘लज्जा’मा वर्णन गरिएको छ ।

खालेदा जियाको शासनकालमा हिन्दूहरूमाथि व्यापक मात्रामा आक्रमण गर्ने गरिएको प्रख्यात पत्रकार शहरियार कबीरको नेतृत्वमा बनेको एक टोलीले अभिलेख राखेको भारतीय राजनीतिकर्मी तथागत रोयले लेखेका छन् । उनलाई यस्तो अभिलेख राखेकोमा जेल समेत पठाइएको थियो । उनको अभिलेख एक श्वेतपत्रमा उल्लेखित छ र त्यसमा देशका अल्पसंख्यक समुदायमाथि १५ सय दिनसम्म गरिएको दमनको वर्णन छ ।

शेख हसिनाले शासन चलाउन थालेपछि सन् २०१३ मा जमात–ए–इस्लामी नामक उग्रवादी समूहले हिन्दूहरूमाथि आक्रमण गरी ४० वटा मन्दिरमा तोडफोड गरेको थियो । कोमिला जिल्लामा त्यतिखेर पनि हिन्दूहरूको घर र पसलमा आगजनी गरिएको थियो । 

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले हिन्दूहरूमाथिको आक्रमणमा चिन्ता व्यक्त गरेको थियो । त्यसपछि पनि हिन्दूहरूमाथिका आक्रमणका घटना फाट्टफुट्ट हुने गरेका छन् । 

पोहोर साल एक कट्टरपन्थी नेता मामुनुल हकको भाषणलाई आलोचना गर्दै एक हिन्दू युवकले फेसबूकमा पोस्ट गरेपछि उनका हजारौं समर्थकहरूले सिल्हेटमा हिन्दूहरूको ७० देखि ८० वटा घर भत्काएका थिए । 

बंगलादेशमा हिन्दू मात्र नभई अल्पसंख्यक शिया, अहमदिया, क्रिस्चियन र बौद्ध समुदायका मानिसमाथि पनि आक्रमण हुने गरेको विभिन्न अधिकारवादी संगठनहरूको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसो त शेख हसिनाले इस्लामिक कट्टरपन्थीहरूमाथि कठोर दमनको नीति अपनाएकी छन् । उनका पिता तथा बंगलादेश स्वतन्त्रता संग्रामका नायक मुजीबुर रहमानलाई इस्लामिक उग्रवादीहरूले हत्या गरेका थिए । उनले पिताका हत्याराहरूलाई सजाय दिनका लागि अथक प्रयास गरेकी थिइन् र त्यसमा सफलता पनि पाएकी थिइन् । युद्धअपराधी अब्दुल कादर मोल्लालाई मृत्युदण्ड दिइएको थियो । 

शेख हसिनाले कट्टरपन्थीहरूमाथि दमन गरेपछि कट्टरपन्थी समूह जमात–ए–इस्लामी भूमिगत भएको थियो । पत्रकार अभिजीत मजुमदारका अनुसार, शेख हसिनाले जमातप्रति सहानुभूति राख्ने इस्लामी बैंक र इब्न सिना अस्पताललाई सरकारको नियन्त्रणमा ल्याएकी थिइन् ।  

तर जमातको सूचना प्रविधि शाखा बाशेर केल्लाले हालैका दिनमा हिन्दूविरोधी प्रचारबाजी गर्न थालेको मजुमदार लेख्छन् । जमातको हौसला बढाउनमा सरकारको पनि हात रहेको आरोप मजुमदारले लगाएका छन् । 

पर्यवेक्षकहरूलाई उद्धृत गर्दै मजुमदारले शेख हसिनाको दल अवामी लीग चुनावी फाइदाका लागि जमातसँग गोप्य तालमेल गरिरहेको मजुमदार लेख्छन् । अवामी लीगको विद्यार्थी संगठन छात्र लीगले हिन्दूहरूमाथि आक्रमण गर्ने गरेको आरोप पनि छ । 

त्यसबाहेक शेख हसिनाले हिफाजत–ए–इस्लाम नामक संगठनलाई पनि प्रोत्साहन गरिरहेको मजुमदारको भनाइ छ । उक्त संगठनले चलाएका कौमी मदरसाहरूलाई सरकारले पुनर्जीवन दिइरहेको छ अनि ढाकामा रहेको सर्वोच्च अदालत परिसरमा महिलाको मूर्ति हटाउन उसले गरेको मागलाई पूरा गरेको छ । 

अर्थात्, शेख हसिनाले इस्लामी कट्टरपन्थी संगठनहरूलाई निमिट्यान्न नपारेर आफ्नो फाइदाका लागि उपयोग गर्ने रणनीति बनाएकाले उनीहरू प्रोत्साहित भएर अल्पसंख्यक हिन्दू समुदायमाथि आक्रमण गरिरहेको देखिन्छ । 

पाकिस्तानमा ईश्वरनिन्दा कानूनको आडमा अल्पसंख्यक समुदायमाथि आक्रमण गरिने गरेकोमा बंगालदेशका कट्टरपन्थीहरूले पनि त्यसको सिको गरिरहेको देखिन्छ । ढाका ट्राइब्युनमा मानवशास्त्री मोहम्मद तारेक हसनले प्रकाशन गरेको लेखमा इस्लामी धर्मग्रन्थको अपमानको बहाना बनाउँदै घृणावादी कट्टरपन्थीहरूले अल्पसंख्यक समुदायमाथि आक्रमण गर्ने योजना बनाउन थालेको लेखेका छन् । 

यो समस्या बंगलादेशमा मात्र सीमित छैन । यसैबीच जम्मु–कश्मीरमा पनि इस्लामी कट्टरपन्थीहरूले हिन्दू समुदायका सर्वसाधारणको हत्या गरेको खबर आइरहेको छ । 

अफगानिस्तानमा कट्टरपन्थी तालिबानको विजयपछि दक्षिण एसियामा उग्रवादीहरूको मनोबल बढिरहेको देखिन्छ । त्यसले गर्दा मुसलमानबहुल देशमा अल्पसंख्यकहरूमाथिको आक्रमणले तीव्रता पाउने संकेत पाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x