
प्रतिनिधिसभाको बैठक असार ३० गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
शुक्रबार सिंहदरबारस्थित संघीय संसद् भवनमा बसेको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक असार ३० गते बिहान ११ बजे बस्ने गरी स्थगित गरेका हुन्।
आजको बैठकमा विभिन्न संवैधानिक तथा सरकारी निकायका वार्षिक प्रतिवेदन संसद्मा पेस गरिएका थिए। साथै, राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधिसभाले स्वीकृत गरेको छ।