कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
कात्तिक ११, २०७८
पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ ।
७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप देखिएको छ ।
यति मात्रै होइन, पुलले स्थानीयको जीवनस्तर उकास्नमा टेवा पुग्नुको साटो स्थानीयको उठीवासको सन्त्रास समेत पैदा गरेको छ ।
स्थानीय भुपेन्द्र चौधरी आफ्नो पसल देखाउँदै भन्छन्, ‘यो पुलले हाम्रो बस्तीको संरचना नै कुरूप बनाइदिएको छ । पुलमुनि हाम्रो पसल, बस्ती भयो । गलत डिजाइन र राजनीतिक प्रतिशोधका कारण यो पुल यस्तो भयो । यस्तो विकासले हाम्रो बस्तीमाथि आघात गर्यो ।’
आफूहरूले पुलको उचाइ घटाउन पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएको तर कुनै सुनुवाइ नभएको उनले बताए ।
पुल सर्वे गर्ने क्रममा स्थानीय अगुवाले पुल र कल्भर्टमा फरक छुट्याउन नसक्दा पनि समस्या आएको बताइन्छ । जसको कारण कल्भर्ट बन्नुपर्नेमा पुल बनेपछि समस्या सिर्जना भएको चौधरी बताउँछन् ।
हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले पनि सडक सर्वेको क्रममा पहिले बक्स कल्भर्टको डिजाइन भएको बताए तर स्थानीयले कुलोमा धेरै पानी आउँछ भनेपछि पुलको डिजाइन गरिएको र पुल बनेपछि पुलको उचाइले स्थानीयमा तिक्तता पैदा गरेको बताए । चाँडै नै पुल भएर आवतजावत हुने बताउँदै सूचना अधिकारी मडैले पुलको छेउ भएर बाइपास सडक बनाउने बताए ।
१ करोड १५ लाख रुपैयाँ लागतमा स्वाँर ६ हेमन्त जेवीले पुल बनाएको हो । पुलको लम्बाइ २२ मिटर र चौडाइ ७.२ मिटर रहेको छ ।
बाटो छैन, बन्यो २ करोडको पुल
धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने भन्दै ४ वर्षअघि जिल्ला प्राविधिक कार्यालय धनगढीले सरस्वती नगरमा पुल बनायो तर त्यो पुल हालसम्म प्रयोगमा आउन सकेको छैन ।
वाइपी तुल्सी दुर्गा निर्माण कम्पनीसँग २ वर्षभित्रै पुल निर्माण गरिसक्नुपर्ने गरी निर्माण सम्झौता गरिएको थियो । निर्माण कम्पनीले ४ वर्ष लगाएर पुल हालै मात्र सम्पन्न गरेको छ तर २५ मिटर लामो पक्की पुल भने प्रयोगमा आउन सकेको छैन ।
स्थानीय खड्कबहादुर महताले भने, ‘करोड बढी खर्च गरेर पुल त बनाएका छन् तर बाटो नजोडिएका कारण पुल प्रयोगमा छैन । पुल बन्यो अब बाटो बनाउँछन् होला । नभए यो पुलको के औचित्य ?’
ठेलागाडा समेत गुड्ने बाटो नभएको स्थानमा ठूलो पुल बनाएको देखेर महता निकै चकित छन् ।
पुलको दुवैतिर सडक बनाउन सके मात्र पुल प्रयोगमा आउन सक्ने स्थानीयले बताइरहेका बेला पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख श्याम खड्का भने बाटो भएरै पुल निर्माण गरिएको दाबी गर्छन् ।
उनले भने, ‘जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएर पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरिएको पुलको औचित्य देखेरै निर्माण गरिएको हो ।’ पक्की पुल निर्माण भइसकेको बताउँदै उनले अब बाटोको स्तरोन्नतिका लागि स्थानीयले दबाब सिर्जना गर्नुपर्ने तर्क गरेका छन् ।
सडक अनुसारको पुलभन्दा पनि पुल अनुसारको सडक बनाउनुपर्ने पूर्वाधार कार्यालय बताउँछ । कल्भर्ट आवश्यक पर्ने खोलामा पक्की पुल निर्माण गरिएपछि पुल अनुसारको सडक बनाए पुल सञ्चालनमा आउने खड्काको भनाइ छ ।
पौने ५ करोडको पुलमाथि बिस्कुन सुकाइन्छ !
धनगढी उपमहानगरपालिका–१९ जे गाउँमा करोडौं लगानीमा बनेको फूलवारी खोला पुल पनि प्रयोगमा आउन सकेको छैन ।
सानो खोलामा ठूलो लगानीको पुल केवल खेतबारीको धानबाली ओसार्न, स्थानीयलाई खेतसम्म पुग्न र कहिलेकाहीँ बिस्कुन सुकाउन प्रयोग हुँदै आएको छ ।
धनगढीको रोयल उच्चाकोटी साजेन्द्रस्वर जेभीले ४ करोड ७० लाखमा २ वर्ष लगाएर पुल निर्माण गरेको छ । पुल बन्नुपर्ने स्थान अन्तै भए पनि अन्तिममा फूलवारी खोलामा २ लेनको पुल निर्माण गरिएको निर्माण कम्पनी उच्चाकोटी साजेन्द्रस्वर जेभीका यज्ञराज जोशीले बताए ।
‘त्यो ठाउँमा वास्तवमा त्यत्रो पुल हाल्नुपर्ने नै थिएन । त्यो पुलभन्दा १ किलोमिटर अगाडि बन्नुपर्ने थियो । हामीले माथि पनि सर्वे भएको सुनेका हौं । काम भयो कि भएन थाहा भएन,’ जोशीले भने ।
४ वर्षअघि सर्वे गरिएको भए पनि नेपाली कांग्रेसका नेता एवं पूर्व राज्यमन्त्री पुष्करनाथ ओझाले बस्ती नै नभएको स्थान तथा कल्भर्ट बनाउनुपर्ने स्थानमा पुल बनाउन दबाब दिएको बताइन्छ ।
तर पुल बनेपछि आफूहरूलाई खेतसम्म जान निकै नै सहज भएको स्थानीय बताउँछन् । स्थानीय वीरबहादुर विश्वकर्माले पुल बन्नुभन्दा पहिले सो स्थानमा आफूहरूले खेतसम्म आवतजावत गर्न काठे पुल बनाएको सुनाए तर खोलामा आउने बाढीले पुल बगाएपछि जोखिम मोलेर खोला पार गर्नुपरेको दुःख सुनाउँदै विश्वकर्माले हाल सहजता भएको बताए ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...