कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
कैलालीको कैलारी गाउँपालिका–९ जमुनीपुरका रामप्रसाद कुमाल घरको अँध्यारो कोठाभित्र एक थुप्रो माटो मुछ्नमा व्यस्त थिए । गिलो माटोलाई कहिले गोडा खाँद्ने त कहिले हातले काछ्ने काम गर्थे ।
चाहेको आकारको भाँडा बनाउनलाई तयार भई नसकेको बताउँदै उनले भने, ‘अरु कामले माटो मुछ्न भ्याएको थिएन । २–३ दिन भयो माटो भिजाएको । अझै तयार भएको छैन । यो माटोमा कुनै दाना वा डल्लो भेटिनुभएन अनि मात्रै चाहेको आकारको भाँडा बन्ने हो ।’
अर्को सानो कोठाभित्र घाममा सुकेका विभिन्न किसिमका भाँडा पकाउनका लागि दाउरा, पराल हालेर आगो लगाउनलाई तयारी अवस्थाको अवारी (भाँडा पकाउने स्थान) देखाए ।
माटो मुछ्नु, भाँडा बनाउनु, पकाउनु रामप्रसादको नियमित कार्य हो तर उनी तिहारको माहोल छपक्कै छोएपछि मात्रै व्यस्त देखिएका छन् ।
तिहारमुखी व्यस्तताभित्र उनको पुख्र्यौली पेशाप्रतिको लगाव र अर्कोतिर दैनिक जीवनको जर्जर अवस्था लुकेको छ । विवशता सुनाउँदै उनले भने, ‘नगरौं पुख्र्यौली पेशा हो । पूर्खाले सिकाएको सीप नै यही हो । न मर्न दिन्छ, न अघि बढ्न, जीविका मात्रै चलाउन सकिन्छ तर पेशा धान्न चाहिने माटो र दाउरा नपाउँदा लाग्छ – अब त यो पेशाले त गुजारा चल्दैन । जुन कारणले हाम्रा बच्चाहरूको यो कामप्रति पटक्कै रुचि पनि देखिन्न ।’
तर आफूले छोड्न नसकेको उनको भनाइ छ । विभिन्न आकार–प्रकारका कलात्मक ढंगले भाँडा बनाउनमा सिपालु रामप्रसाद क्षणभरमा धेरै भाँडा बनाउन दक्ष छन् । सीप र दक्षता अनि चाका (भाडा बनाउने उपकरण) को माया लागिरहने उनी बताउँछन् ।
कुस्नी देवी कुमाल अधैया धानखेती गरेबापत आएको धान ओसाउने (पंखाले धानमा भएको भुसा उडाउनु) काममा व्यस्त थिइन् ।
उनले भनिन्, ‘अन्य काम गरिनँ भने गुजारै चल्दैन । बटैया खेती (उब्जनीको आधा भाग लिने गरी अर्काको जमिन जोत्नु) गर्छौं । भाँडा बनायो भने माटो पनि किन्नैपर्ने, पराल, दाउरा पनि किन्नैपर्ने ।’
पेशामाथि करैकर
केही वर्षअघिको घटनाक्रम सुनाउँदै जमुनीपुरकै आशा देवी कुमालले भनिन्, ‘नजिकै घुराहा नदी छ । बाढीले बगाएको दाउरा थियो । हाम्रा मान्छेहरू भाँडा पकाउनलाई निकाल्न गए तर निकालेर ल्याउँदा जरिवाना तिर्नुपर्यो । यहाँको सामुदायिक वनले पनि दाउरा दिँदैन । धेरै महंगोमा किन्नुपर्छ । एक पटकको १ हजार रुपैयाँ तिर्नुपर्छ ।’
एकताका सामुदायिक वनबाट माटो निकाल्न समेत प्रतिबन्ध झेल्नुपरेको पीडा उनले सुनाइन् । वडा कार्यालयमा गुनासो राखेपछि एक स्थानमा आफूहरूका लागि माटो उत्खनन् गर्ने स्थान छुट्याइएको बताउँछिन् उनी तर माटोको प्रतिडल्लप १०० रुपैयाँ कर तिर्नु बाध्यता रहेको छ ।
पुख्र्यौली पेशाले जीवन धान्न धौंधौं भएपछि विगत १० वर्षदेखि अन्य काम गर्ने गरेको आशा देवी बताउँछिन् । ज्यालादारी काम गर्ने, खेतीपाती गर्नेलगायत अन्य पेशातिर उन्मुख भएका उनले बताइन् । जमुनीपुरमा २२ घरधुरी कुमाल परिवारको बसोबास छ तर अधिकांशले पुख्र्यौली पेशा छाडिसकेका छन् ।
बजारमा आउने प्लास्टिक र धातुका आधुनिक भाँडाकुँडाले पनि माटाका सामग्रीलाई विस्थापित गर्दै गएको छ । तथापि दशैंतिहारलगायत चाडपर्वमा माटोका सामग्रीको माग बढ्ने बताइन्छ ।
खासगरी दियालो, खुत्रुक्के, गमलाको माग अन्य सामग्रीभन्दा बढी हुने गरेको किस्नी कुमाल बताउँछिन् । तथापि आफूहरूले करीब २ दर्जन बढी किसिमका सामग्री बनाउँदै आएको जानकारी दिइन् ।
उनका अनुसार खुत्रुक्के, गमला, डोरिया, भकरी, खोन्ढुवा, गुमरा, पैन, गाग्री, करुवा, मेटिया, करै, सोन करै, बाँधा, परै, दियालो, घोडा, मलैया लगायत सामग्री बनाउने गरिन्छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...