२४ असार २०८३, बुधबार

'तपाईंहरुलाई मैले भोट किन हाल्ने ?'

कात्तिक २५, २०७८
'तपाईंहरुलाई मैले भोट किन हाल्ने ?'

“तपाईंहरुलाई मैले भोट किन हाल्ने ? दुई वटा कारण छेउको डायरीमा लेखिदिनु होला ।” नेपाली कांग्रेस मेचीनगर–९ का वडा सभापति उद्धव बानियाँले यी नै हरफ लेखेर आफ्नो घरको भित्तामा टाँसेका छन् ।

उनले अरु इतर दलका नेतालाई नभएर आफ्नै पार्टीको १४औँ राष्ट्रिय महाधिवेशनमा जिल्ला, क्षेत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर भोट माग्दै जनताको घरदैलोमा पुग्ने नेताहरुलाई भनेका हुन् ।
    
उनले आजदेखि सूचना मात्र टाँसेका छैनन्, भोट माग्न आउने नेतालाई जित्ने आधारसहित आफ्ना सङ्कल्प लेखिदिनु भनेर डायरी र कलमसमेत राखिदिएका छन् । आफ्नो घरमा आउने नेता तथा उम्मेदवारलाई सधैँ स्वागत गर्ने भन्दै उनले पार्टीको विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेबाट उत्तर खोज्ने प्रयास गरेको बताए ।

उनले पार्टी र जनताको काममा आफू सधैँ निरन्तर खटिरहेको र आफूले पनि त्यस्तै नेताहरु नेतृत्वमा हेर्न चाहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्