१९ असार २०८३, शुक्रबार

राजधानीको ढल्कुमा घर भत्किँदा बालक गम्भीर घाइते

राजधानीको ढल्कुमा घर भत्किँदा बालक गम्भीर घाइते

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् ।   काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।  

उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा  घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्