२९ जेठ २०८३, शुक्रबार

खाँदै ताैल घटाउने कसरी ?

मंसिर ५, २०७८
खाँदै ताैल घटाउने कसरी ?

कति राम्रो हुन्थ्यो भोकै पनि बस्न नपरोस् र तौल पनि नबढोस् । यदि तपाईं यस्तो कुनै उपाय खोजिरहनु भएको छ भने त्यसको समाधान हामीसँग छ । 

भारतीय न्युट्रिसनिष्ट डा. खुश्बु शर्माका अनुसार ‘नेगेटिभ क्यालोरी इन्टेक’ले सम्भव छ । 

के हो नेगेटिभ क्यालोरी ?

नेगेटिभ क्यालोरीलाई कसरी बुझ्न सकिन्छ भने जुन खानाको ग्लाइसेमिक इन्डेक्स कम हुन्छ, त्यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ । चटपटे फास्ट फुड्सको कुरा गर्दा यसमा पोषक तत्वको कमी हुन्छ तर क्यालोरी भने भरपुर हुन्छ जसकारण मोटोपन बढ्ने खतरा रहिरहन्छ । 

त्यहीँ हामी इन्डेक्सको हिसाबले कम क्यालोरी र धेरै फाइबरयुक्त खाना लिइन्छ भने त्यसको दुई वटा फाइदा हुन्छ–  एउटा शरीरमा धेरै फाइबर मिल्छ र अर्को सुगर विस्तारै कम हुँदै जान्छ, जसकारण फ्याट जम्मा हुन पाउँदैन । 

यी खानामा हुन्छ नेगेटिभ क्यालोरी

स्याउ, क्रेनबेरिज, ब्ल्याकबेरिज, तरभुजा, टमाटर, गाजरलगायत खाने गर्नाले फिट रहन मद्दत गर्छ । कम क्यालोरी हुने यी फलफूलको सेवन गर्दा पचाउन धेरै क्यालोरिज खर्च हुन्छ, जसकारण शरीरमा अतिरिक्त क्यालोरी ‘बर्न’ हुन्छ, र फ्याट जम्दैन । 
 

salt training

कमेन्ट गर्नुहोस्