०५ असार २०८३, शुक्रबार

राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरको गुफागृहमै प्रवेश गरेर गरिन् पूजाअर्चना

राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरको गुफागृहमै प्रवेश गरेर गरिन् पूजाअर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

सोमवार राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि महोत्तरी आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी हुन् ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिँढीमुनि जमिनभित्र रहेको छ । यहाँ २४ घण्टै जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहने भनिन्छ ।  

त्यस अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका मूल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए । महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करीब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ ।

राष्ट्रपति भण्डारी पूजाअर्चनाका लागि यहाँ आउँदा जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र, मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्