इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सीप प्रदर्शन गरेका छन् ।
अध्ययनको क्रममा सिकेका र आफुले जिम्मा लिएका प्राविधिक परियोजनालाई चिनाउन एफवाईपी सोकेस प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
विशेषगरी सूचना प्रबिधिसंँग जोडिएका विषयलाई केन्द्रीत गरी विद्यार्थीले परियोजना तयार गरेका थिए । पढाइको क्रममा सिकेका ज्ञान, क्षमता र विचार विषयवस्तुलाई प्रविधि मार्फत कार्यन्वयन गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।
पढाइ पछि स्वदेश वा विदेश अध्ययन गर्न र रोजगारीको अवसर सिर्जना गर्ने परियोजनाको मुख्य उद्देश्य रहेको कलेजका प्रमुख प्राज्ञिक अधिकृत रोहित पाण्डेले बताए । उनले भने,'निर्धारित कोर्ष पुरा गरेपछि क्षमता अभिवृद्धिका लागि सजिलो हुने उद्देश्यले प्रदर्शनी आयोजना गरेका हौँ ।'
प्रदर्शनीमा विद्यार्थीले परियोजनाको बारेमा एक अर्कालाई जानकारी गराएका थिए ।
विद्यार्थीले लेगेसी सिस्टम, एनोभेटिभ सिस्टम, हालको समस्या तत्कालै समाधान गर्ने विभिन्न विषयवस्तु समेटिएको एप्लिकेशन तयार गरेका थिए ।
प्रदर्शनीको रोचक विषयवस्तु भनेको विद्यार्थीले जिम्मेवार प्राप्त परियोजना प्रयोजनको लागि तयार गरेको हस्तकलाका नेपालमै निर्मित सामग्रीको प्रदर्शनी थियो । करिब २५ स्टल मध्य केही सूचना प्रविधि , कुनै हस्तकलाको सामाग्री राखिएका थिए ।
विद्यार्थीले आफै सक्षम हुनका लागि बिजनेस स्टाटेजी विषयमा जानकारी गराएका थिए । मल्टिनेशनल ग्राहकलाई कसरी सन्तुष्टि बनाउने , उत्पादन गरेको सामान बिक्रि गर्न कस्तो ब्यबहार गर्ने , दैनिक जीवनमा आइपर्ने समस्या कसरी समाधान गर्न लगायतका विषय सिकाइएको थियो ।
प्रदर्शनीमा कन्ट्याक्टलेश पेमेन्ट सिस्टम, ट्राभलबडी भर्चुअल ट्राभल गाइड, थ्रिडी प्रिन्टर लगायतका वस्तुबारे जानकारी गराइएको थियो ।
दुई दिने प्रदर्शनी मंगलबार सकिएको थियो । प्रदर्शनीमा कलेजका विद्यार्थी,अभिभावक र विशिष्ट अथितिहरुको उपस्थिति रहेको थियो ।
कोभिडको कारण दुईवर्षदेखि रोकिएको प्रदर्शनीले यो वर्षबाट निरन्तरता पाउने भएको छ ।