×
Bajaj Top
Khukuri
FONEPAY

मनपरी खर्च

सरकारी गाडी मर्मतमा अचाक्ली खर्च : ३ वर्षभित्र १ करोड स्वाहा ! [सूचीसहित]

बुटवल | मंसिर १६, २०७८

NTC
TVS INSIDE

लुम्बिनी प्रदेश सभाले तत्कालीन कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रयोग गरेको लु१झ ४४२ नम्बरको गाडी मर्मतमा झण्डै ५ लाख खर्च भएको छ । 

Sanima Bank
morang Auto yamaha

बजार मूल्यभन्दा बढीमा खरिद गरिएको यादव चढ्ने गाडी मर्मतमा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ४ लाख ७८ हजार १५० रूपैयाँ खर्च भएको छ । २ वर्ष अगाडि खरिद गरिएको नयाँ ‘लग्जरियस’ टाटा स्टोर्म जीप मर्मतमा अचाक्ली खर्च उठेपछि प्रदेश सभाका कर्मचारी आश्चर्यमा छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

आर्थिक वर्ष २०७६/७७ मा पनि यादव चढ्ने गाडी मर्मतमा ३ लाख ८ हजार ९३६ रूपैयाँ खर्च भएको थियो । ‘अटोमेकानिकल’ व्यवसायीका अनुसार नयाँ गाडी मर्मत गर्न १ वर्षमा ५०/६० हजार रूपैयाँ पर्याप्त हो । जसपाका नेता यादव अहिले पदमुक्त छन् । 

प्रदेश सभाकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल चढ्ने लु१झ ४५६ नम्बरको गाडी मर्मतमा पनि २ लाख ८६ हजार ३०४ रुपैयाँ खर्च देखाइएको छ । गत आव २०७८/०७७ मा पनि ढकाल चढ्ने सफारी स्टोर्म जीप मर्मतमा ७ लाख ८२ हजार रुपैयाँ खर्च भएको थियो । गत वर्ष ढकालको घरमै राखिएको गाडीमा अज्ञात समूहले विस्फोट गरेको थियो । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरी (हाल मन्त्री) डिल्लीबहादुर चौधरी चढ्ने लु१झ ४४१ नम्बरको गाडी मर्मतमा पनि २ लाख ८० हजार ९७९ रुपैयाँ खर्च उठेको छ । सचिवालयका एक कर्मचारी भन्छन्, ‘अस्वाभाविक मर्मतको बिल थेगी नसक्नु भयो । हाम्रो रोक्ने प्रयासले भेट्दैन ।’ 

प्रदेशसभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले आर्थिक वर्ष २०७७/७८ मा मात्रै सभामुख, उपसभामुख, विपक्षी दलका नेता, संसदीय समितिका सभापति र सचिव चढ्ने १९ वटा ४ पाङग्रे गाडी मर्मतमा प्रदेश सभाले ३३ लाख ६१ हजार ५९७ रुपैयाँ खर्चिएको जानकारी दिए । अस्वाभाविक बिलमा प्रदेश सभाले पनि मनपरी खर्च गरेको छ । 

कसको गाडी मर्मतमा कति खर्च ?

प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले प्रयोग गर्ने बा१झ ९७२९ नम्बरको गाडी मर्मतमा १ लाख ९४ हजार ३२ रुपैयाँ खर्च भएको छ । घर्तीले नै प्रयोग गर्ने अर्को नयाँ प्र३–०१—००२ झ ५२४४ नम्बरको गाडी मर्मत गर्दा ६४ हजार ७०१ रुपैयाँ खर्च भएको छ ।

कोरोना कहरकै बीच १ करोड रुपैयाँ खर्चिएर सभामुख घर्तीका लागि गाडी गत वर्ष भित्र्याइएको थियो ।  

उपसभामुख कृष्णी थारू चढ्ने लु१झ ४४४ नम्बरको गाडी मर्मतमा ४२ हजार ९७८ रुपैयाँ, कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडिया चढ्ने लु१झ ४४७ नम्बरको गाडी मर्मतमा ९९ हजार ७५१ रुपैयाँ खर्च भएको छ । 

कांग्रेसकै प्रमुख सचेतक फकरुद्धिन खान चढ्ने लु१झ ४४३ नम्बरको गाडी मर्मतमा १ लाख २८ हजार ५३४ रुपैयाँ, प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्मा चढ्ने लु१झ ४४० नम्बरको गाडी मर्मतमा २ लाख ६० हजार ३२४ रुपैयाँ खर्च भएको छ । 

सामाजिक विकास समितिका सभापति दृगनारायण पाण्डे (हाल राष्ट्रियसभा सदस्य) चढ्ने लु१झ ४४५ नम्बरको गाडी मर्मतमा १ लाख ७० हजार ५६६ रुपैयाँ, अर्थ, उद्योग, पर्यटन समितिका सभापति दधिराम न्यौपाने चढ्ने लु१झ ४४९ नम्बरको गाडी मर्मतमा १ लाख ५६ हजार ८०१ रुपैयाँ, भौतिक पूर्वाधार विकास समितिका सभापति आशा स्वर्णकार चढ्ने लु१झ ४४६ नम्बरको गाडी मर्मतमा १ लाख ४१ हजार २२ रुपैयाँ खर्च भएको छ । 

संसदको विशेषाधिकार समितिका सभापति कमलराज श्रेष्ठ चढ्ने लु१झ ४४८ नम्बरको गाडी मर्मतमा २ लाख ११ हजार ४०० रुपैयाँ, जनता समाजवादी पार्टी (जसपा) नेपालका दल नेता सहस्रराम यादव (हाल मन्त्री) चढ्ेको बा२झ १९४८ नम्बरको जीप मर्मतमा १ लाख ७४ हजार ३२८ रुपैयाँ खर्च भएको छ । 

प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले चढ्ने लु१झ ४६७ नम्बरको गाडी मर्मतमा ३८ हजार ७४० रुपैयाँ, अधिकृत हरिहर पोखरेल चढ्ने लु१झ ४५२ नम्बरको गाडी मर्मतमा १ लाख ८६ हजार रुपैयाँ, तत्कालीन उपसचिव श्याम श्रेष्ठ र बिमला पौडेल चढ्ने बा१झ ६७५७ नम्बरको गाडी मर्मतमा १ लाख ५९ हजार ६७२ रुपैयाँ, कार्यालय प्रयोजनमा प्रयोग गरिएका बा२झ २२८४ नम्बरको गाडी मर्मतमा ९० हजार ६७३ रुपैयाँ र बा१झ ७१९७ नम्बरको गाडी मर्मतमा ९८ हजार ८७५ रुपैयाँ खर्च उठेको छ । 

३ वर्षमा गाडी मर्मतमै करोड खर्च 

लुम्बिनी प्रदेशसभा सचिवालयले ३ वर्षमा गाडी मर्मतमै करोड रूपैयाँ खर्च गरेको छ । प्रदेशसभा स्थापना भएयता ९७ लाख ६५ हजार १२० रूपैयाँ खर्च भएको हो । २०७४ माघमा प्रदेशसभा स्थापना भएको थियो । त्यो वर्ष प्रदेश सभासँग खासै गाडी थिएनन् । 

प्रदेश सभाले आर्थिक वर्ष २०७४/०७५ मा ५ वटा गाडी मर्मतमा २ लाख ९९ हजार ९०४ रूपैयाँ खर्चिएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २३ वटा गाडी मर्मतमा १५ लाख ८६ हजार ६२६ रूपैयाँ खर्चिएको छ भने आर्थिक वर्ष २०७६/०७७ मा ३२ वटा सवारीसाधन मर्मतमा ४५ लाख १६ हजार ९९३ रूपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा ३३ लाख ६१ हजार ५९७ रूपैयाँ खर्च गरिएको छ । 

‘टाटाको मर्मम खर्च महंगो छ’

प्रदेश सभाले सचिवालयका गाडी मर्मतका लागि बुटवलका ५ वटा ग्यारेजलाई सूचीकृत गरेको छ । तिनै ग्यारेजमा गाडी मर्मत गरिन्छ । भैरव अटो भिलेज, पोखरेल मोर्टस्, फोर इस्क्वायेर इन्टरनेशलन, अटोभिल्ला र एडभान्स अटोमा गाडी मर्मत गरिन्छ ।

प्रदेश सभाका मेकानिकल सुपरभाइजर सुरजप्रसाद ढकालले प्रदेश सभाले जतिसक्दो सस्तोमै मर्मत गराउन खोजेको बताउँछन् । ‘टाटा स्टोर्म सफारी मर्मत खर्च मंहगो नै छ । यसका पार्टस् पनि महंगो छ । त्यहीँ भएर खर्च बढी देखिएको हो । अस्वाभाविक खर्च चाहीँ होइन,’ ढकालले लोकान्तरसँग भने । 

बजार मूल्यभन्दा ३ लाख ५० हजार बढीमा किनिएका थिए गाडी

प्रदेश सभाले २०७५ मंसिरमा सचिवालयका लागि ११ वटा टाटा स्टोर्म गाडी खरिद गरेको थियो । बजार मूल्य ६८ लाख ५५ हजार रुपैयाँ रहे पनि सचिवालयले ७१ लाख ९४ हजार ९९९ रुपैयाँका दरले खरिद गरेको थियो ।

खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि प्रदेशको सार्वजनिक लेखा समितिले छानबिन गर्दा प्रतिगाडी ३ लाख ४० हजार रुपैयाँ बढी दिएको ठहर गरेको थियो । अहिले तिनै टाटाका गाडीको मर्मत खर्च अचाक्ली बढी देखिएको हो । 

‘जनताको करबाट उठेको रकमको होली खेल्नबाट रोक्नुपर्छ’ 

सुशासनविद् खेमराज रेग्मीले मर्मतको नाममा भएको फजुल खर्चमा बन्देज लगाउन सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको बताए तर अहिले प्रदेश सभामा सार्वजनिक लेखा समिति छैन ।

‘जनताको करबाट जम्मा भएको राज्यकोषको रकम होली खेल्नबाट रोक्नुपर्छ,’ रेग्मीले लोकान्तरसँग भने, ‘नागरिक स्तरमा यस्ता विषयहरू ल्याउनुपर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि जाँचबुझ गर्नुपर्छ ।’ यस्ता गतिविधिले प्रदेश सरकार र संघीयताप्रति नै जनताको वितिष्णा पैदा गराउने रेग्मीले बताए । लुम्बिनीमा नयाँ सरकार बनेपछि संसदीय समिति निष्क्रिय बनेका छन् ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं कारोवार गर्दै राजश्व छलि गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व छलीको विषयलाई लिएर उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दाले यस्...

पुस २९, २०७८

संघीय सरकार मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा-अदालत तथा प्रहरी परिसरमा पुग्दा थोत्रिएर कबाड बनेका सरकारी सवारी साधनको चाङ देख्न सकिन्छ । कतै खिया लागेका, कतै झाडीले छोपिएका सवारी...

पुस २०, २०७८

राज्यकोषको चरम दुरूपयोग हुने गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले निजी सचिवालय अनावश्यक ‘जम्बो’ बनाएका छन् । मन्त्री केसीले राज्यमन्त्री, सहायक मन्त्री सरहको सुविधासहित दोभाषेसम्म रहने ...

माघ ९, २०७८

कैलालीको कैलारी गाउँपालिका– ८ की गीता चौधरीले गत आर्थिक वर्ष २०७७/०७८ मा अनुदानमा पाइने कृषि उपकरणका लागि निवेदन दिएकी थिइन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको सुदूरपश्चिम कृषि विकास निर्देशनालयल...

पुस १५, २०७८

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ स्थित हनुमन्ते खोलाको छेउमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर किनबेच गरेको गुनासो स्थानीयले गरेका छन् । साबिक बालकोट गाविस वडा नम्बर १ को कित्ता नम्ब...

पुस २२, २०७८

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाज किन्न लिएको ऋण ३३ महिनादेखि तिर्न सकेको छैन ।  निगमले ऋणदाता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई हरेक तीन महिनामा तिर्नुपर्ने ११ वटा त्रैमासिक किस्त...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...