०३ असार २०८३, बुधबार

कानून आफैं जलेर खरानी भो आज (गजल)

मंसिर १७, २०७८
कानून आफैं जलेर खरानी भो आज (गजल)

खेमराज गैराघरे  

कानून आफै जलेर खरानी भाे आज ।

सदाचार, नैतिकता कहानी भाे आज ।।

कालाे काेट च्यातिएर धुजा धुजा भए पछि।

न्याय जाेख्ने तराजु नै बेइमानी भाे आज ।।

साक्षी बस्छ दुनियाँ याे तँ चुप् मै चुप् भई।

बाँच्न पाउने अधिकार मदानी भाे आज ।।

भन्छ्याै नि पेशामा सधै नैतिकता हुनुपर्छ,

अनायासै किन श्रीमान् रिसानी भाे आज ।।

इलाम, हाल अमेरिका ।

salt training

कमेन्ट गर्नुहोस्