×

NMB BANK
NIC ASIA

शक्ति राष्ट्रबीच आरोपप्रत्यारोप

डेटा ट्र्याप, डेट ट्र्याप र डेमोक्रेसी ट्र्याप !

मंसिर १७, २०७८

NTC
Sarbottam
Sketch : securitymagazine.com
Premier Steels
Marvel

विश्वमा शीतयुद्धको दोस्रो संस्करण शुरू भइसकेको भाष्य स्थापना गरिँदै गर्दा विरोधी पक्षहरूले एकअर्काका विरुद्ध बयान जारी गर्न थालेका छन् । अहिलेको शीतयुद्धमा अमेरिका नेतृत्वको पश्चिम एकातिर र चीन तथा रुस नेतृत्वको पक्ष अर्कातिर छ । 

Muktinath Bank

यही संघर्षका बीच हालैका दिनमा दुई पक्षका बेग्लाबेग्लै व्यक्तिले दिएको बयान रोचक देखिएको छ । दुवै पक्षले ‘जाल’ वा ‘पासो’ का विषयमा संसारलाई सचेत गराउन खोजेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतबाट प्रकाशित हुने द प्रिन्ट नामक अन्लाइन पत्रिकाका सम्पादक शेखर गुप्ताले यी दुई जालका विषयमा उठाएको प्रसंगका आधारमा यो लेख तयार पार्न लागिएको हो । 


Advertisment
Nabil box
Kumari

यसै साता बेलायतको गुप्तचर संस्था एमआई६ का प्रमुख रिचर्ड मूरले चीनको डेटा जालो तथा ऋण जालोका विषयमा चेतावनी दिएका छन् । बीबीसी रेडियो ४ को टुडे नामक कार्यक्रममा बोल्दै मूरले संसारभरिको डेटा हात पार्ने क्षमता चीनले विकसित गरिसकेको र उसले व्यक्तिहरूलाई आफ्नो अंकुशमा पार्नका लागि पैसा उपयोग गर्ने गरेको आरोप लगाए । चीनको यस कदमले संसार जोखिममा परेको मूरको दाबी छ । 

Vianet communication
Laxmi Bank

बीबीसी डट्कममा मूरले गरेको डेटा जालोको थप व्याख्या प्रकाशित छ । मूरले भने, ‘तपाईंले अर्को मुलुकलाई आफ्नो समाजको महत्त्वपूर्ण डेटामा पहुँच दिनुभएमा समय बित्दै जाँदा त्यसले तपाईंको सार्वभौमसत्तालाई भुत्ते बनाउँछ र कालान्तरमा उक्त डेटामाथि तपाईंको नियन्त्रण रहने छैन ।’

विश्व राजनीतिमा डेटा जालोको यो अवधारणा नौलो हो । यसलाई विस्तारमा बुझ्ने कोशिश गरौं । क्वार्ज नामक पत्रिकामा मेरी हुईले यसका विषयमा रिपोर्ट तयार पारेकी छन् । 

उनका अनुसार, अर्थशास्त्रमा उत्पादनका चार पक्षहरूका बारेमा चर्चा गरिन्छ ः भूमि, श्रम, पूँजी र व्यवसाय । यी चारसँगै चीनले पाँचौं पक्ष डेटामा पनि काम गरिरहेको छ । सन् २०२० को अप्रिल महिनामा चीनको स्टेट काउन्सिल र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीले डेटालाई उत्पादनको नयाँ पक्षका रूपमा आधिकारिकता दिएका छन् । 

चीनले आफ्नो महत्त्वाकांक्षी आर्थिक तथा भूराजनीतिक रणनीतिका लागि डेटा महत्त्वपूर्ण रहेको स्वीकार गरेको छ । चौधौं पञ्चवर्षीय योजनामा डेटालाई आधारभूत रणनीतिक स्रोत मानिएको छ र नयाँ युगमा औद्योगिक परिवर्तनको अवसरलाई छोप्न चीनले रणनीतिक छनोट गर्नुपर्ने उल्लेख छ । 

त्यसैलाई मद्देनजर गर्दै व्यापारिक संगठनहरूले संकलन गरेको डेटामा राज्यको नियन्त्रण बलियो बनाउन चीनले कठोर कदम चालेको छ । आफ्नो देशका ठूला कम्पनीहरूलाई विदेशमा डेटा कुनै हालतमा लग्न नदिन चीनले लगाम कसिरहेको छ । त्यसैले गर्दा चीनको दिदी नामक विशाल कम्पनीले न्युयोर्क स्टक एक्सचेन्जबाट बाहिरिएर हङकङ स्टक एक्सचेन्जमा आफूलाई सूचीबद्ध गरेको छ । 

 


यसरी चीनले आफूलाई पश्चिमबाट बिछ्याइन सक्ने डेटाको जालोबाट बच्नका लागि तयारी गरिसकेको छ । त्यसका साथै चीनले अन्य मुलुकलाई डेटाको जालोमा पार्न विभिन्न कदम चालिरहेको अस्ट्रेलियन स्ट्राटेजी पोलिसी इन्स्टिच्युटकी वरिष्ठ विश्लेषक समान्था होफम्यानले बताएको उल्लेख क्वार्जको रिपोर्टमा गरिएको छ । 

होफम्यानले सन् २०१९ मा तयार पारेको प्रतिवेदनमा चिनियाँ कम्पनी ग्लोबल टोन कम्युनिकेसन्स टेक्नोलोजी कम्पनी लिमिटेडले कसरी डेटाको जालो बुन्छ भनी वर्णन गरिएको छ । विभिन्न सरकारहरूले गर्ने सम्मेलन तथा ओलम्पिक जस्ता ठूला आयोजनहरूमा यान्त्रिक अनुवाद, तस्वीर तथा भिडियो विश्लेषण र बोली पहिचानका प्रविधि सेवा उक्त कम्पनीले उपलब्ध गराउने गरेको छ । 

यसरी उक्त कम्पनीले संसारभरिबाट दर्जनौं भाषामा ठूलो मात्रामा डेटा संकलन गर्ने गरेको छ । त्यस डेटालाई कम्पनीले चीनका राज्य निकायहरूकहाँ बुझाउँछ । अनि त्यसको उपयोग सैन्य सूचना संकलन, राष्ट्रिय सुरक्षा जोखिमको पहिचान तथा विश्वव्यापी भाष्यलाई आफूअनुकूल स्थापना गर्न प्रचारबाजीका लागि गर्ने गरिएको छ । 

होफम्यानका अनुसार, चीनको यस क्षमताले पश्चिमका मुलुकलाई जोखिममा पार्नेछ किनकि चीनमा बनेका सीसीटीभी क्यामरा र ड्रोनले संकलन गर्ने डेटा सीधै चीन सरकारकहाँ पुग्छ । विभिन्न सरकारले यसलाई व्यवस्थापन गर्न सकिन्छ भन्ने ठाने पनि डिजिटल आपूर्ति शृंखलालाई नियन्त्रण गर्न एकदमै गाह्रो छ ।

बेलायतका गुप्तचर प्रमुख मूरले चीनको यस क्षमतालाई डेटा जालोको नाम दिएर प्रकारान्तरले चिनियाँ उत्पादन उपयोग नगर्न चेतावनी दिएका हुन सक्छन् । शीतयुद्ध चर्काउने हिसाबमा चीनसँग आर्थिक सम्बन्ध विच्छेद (डिकपलिङ) का लागि पश्चिमले भूमिका तयार पारेको संकेत यसबाट पाइन्छ । 

विश्व राजनीतिमा दोस्रो शीतयुद्धको आरम्भसँगै भाष्यमा नियन्त्रणका लागि पनि हानथाप भइरहेको छ । चीनले संसारलाई तेर्स्याएको चुनौतीलाई डेटा जालो र ऋण जालोको भाष्यमार्फत स्थापना गर्न खोजिएको छ । चीनले चाहिँ लोकतन्त्र जालोको कुरा उठाएर पश्चिमको मोहबाट अन्य मुलुकहरूलाई छुटाउन खोजेको छ ।

अमेरिकाको ट्रम्प प्रशासनले चिनियाँ कम्पनी ह्वावेको ५जी प्रणालीलाई रोक्न गरेको प्रयास पनि त्यही शृंखलाको एक कडी हो । त्यसो त चिनियाँ उत्पादनलाई आँखा चिम्लेर विश्वास गर्न सकिन्छ पनि भन्न मिल्दैन । 

डेटा जालोसँगै मूरले ऋण जालोको पनि कुरा झिकेका छन् । यसका विषयमा अनेकौं चर्चाहरू भएका छन् । गरीब मुलुकलाई धेरै ऋण दिने अनि ऋण तिर्न नसकेपछि उक्त मुलुकको भूमि कब्जा गर्ने नीति चीनले लिएको आरोप पहिलेदेखि लगाइँदै आएको छ । श्रीलंकाको हम्बनटोटा बन्दरगाह, मोन्टेनेग्रोको राजमार्ग, युगान्डाको अन्तर्राष्ट्रिय विमानस्थल लगायतलाई यसको उदाहरणका रूपमा लिइन्छ ।

तर चीन सरकारले ऋण जालोको आरोपलाई अस्वीकार गरेको छ । युगान्डाको विमानस्थल कब्जामा लिन लागेको खबरलाई खण्डन गर्दै उक्त देशमा रहेको चिनियाँ दूतावासले चिनियाँ ऋण चुक्ता गर्न नसकेकोमा अफ्रिकाको कुनै पनि परियोजनामा चीनले कब्जा नजमाएको स्पष्ट पारेको छ । 

बेलायतको प्रतिष्ठित थिंकट्यांक च्याटह्याम हाउसले पनि एक प्रतिवेदन प्रकाशित गरेर चीनमाथि लगाइएको ऋण जालो कूटनीतिको आरोप सही नभएको स्पष्ट पारेको छ ।

त्यस्तै अमेरिकाको प्रतिष्ठित जोन हप्किन्स विश्वविद्यालयकी प्राध्यापक डेबोरा ब्रटिगमले मेग रिथमायरसँग मिलेर चीनको ऋण जालोको आरोप मिथक मात्र भएको तर्कसहित दी एट्लान्टिक पत्रिकामा प्रकाशित एक लेखमा दाबी गरेकी छन् । पश्चिमले चीनप्रतिको भय जगाउनका लागि यस भाष्यको रचना गरेको उनको भनाइ छ ।

तर चीनसँग ऋण लिँदा सतर्क हुनुपर्ने र ऋणका शर्तहरूमा हस्ताक्षर गर्नुअघि त्यसको परिणामका विषयमा पहिल्यै लेखाजोखा गर्नुपर्ने आवश्यकतालाई ऋण जालोका भाष्यहरूले स्थापना गरेका छन् ।

यो त भयो चीनले अपनाएको भनिएको डेटा जालो र ऋण जालोको कुरा । अब चीनले पश्चिममाथि लगाएको जालोको आरोपको चर्चा गरौं । 

गत शुक्रवार चीन, रुस र भारतका परराष्ट्रमन्त्रीहरूको १८औं बैठकमा चीनका परराष्ट्रमन्त्री वाङ यीले भारत र रुसलाई लोकतन्त्रको जालोमा पर्नु नहुने विषयमा सचेत गराए । लोकतन्त्रको बहाना बनाएर अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने केही मुलुकको प्रवृत्ति रहेकोमा त्यस्तो किसिमको लोकतन्त्रको जालोमा फस्न नहुने वाङको भनाइ छ । उनको संकेत अमेरिकातर्फ सोझिएको स्पष्ट छ । 

लोकतन्त्र तथा स्वतन्त्रताका नाममा अफगानिस्तान, इराक र लिबिया जस्ता मुलुकमा युद्ध चलाएको अमेरिकाले लोकतन्त्र शिखर सम्मेलन आयोजना गर्न लागेको सन्दर्भमा वाङको टिप्पणी आएको हो । चीन, रुस र भारतले आफ्नो राष्ट्रिय अवस्थाअनुकूल विकासको बाटो खनेको र लोकतन्त्रको सही दृष्टिकोण विकसित गर्ने जिम्मेवारी उनीहरूको भएको वाङको भनाइ छ । 

 


लोकतन्त्र अनेकौं किसिमका शासन प्रणालीमध्ये एक हो । यो निर्विकल्प हुँदैन । त्यससँगै लोकतन्त्रको एउटा मात्र व्याख्यालाई स्वीकार गर्नुपर्छ भन्न मिल्दैैन । पश्चिमले गरेको लोकतन्त्रको व्याख्यालाई अरूले जस्ताको तस्तै अपनाउन खोज्दा अहिले लोकतन्त्रप्रति नै वितृष्णा फैलिरहेको पाइएको छ । 

चीन र रुसले आफूहरू पनि लोकतान्त्रिक मुलुक भएको बताउँछन् । तर उनीहरूको लोकतन्त्र हुबहु पश्चिमको जस्तो नभएकाले पश्चिमले उनीहरूलाई दानवीकरण गरिरहेको छ । 

त्यसो त मुलुकमा जस्तोसुकै व्यवस्था भए पनि त्यसले जनताको हितलाई सर्वोपरि राख्नुपर्ने हुन्छ ।

अझ, कुल राष्ट्रिय आय वा शिक्षाको स्तर न्यून भएका मुलुकका लागि लोकतन्त्र जालो नै भएको पबमेड सेन्ट्रल (पीएमसी) नामक अमेरिकी संस्थाले प्रकाशन एक अध्ययनले देखाएको छ ।

श्याम रंगनाथन, स्ट्याम्याटियोस सी निकोल्स, भिक्टोरिया स्पेसर र डेभिड जेटी सम्प्टरले गरेको अध्ययनमा भारत, युक्रेन र जोर्डन जस्ता मुलुकमा मानव विकास सूचकांकका कतिपय पक्ष कमजोर रहेकाले ती मुलुकहरू लोकतन्त्रको जालोमा पर्ने जोखिममा रहेको देखाइएको छ ।

उदाहरणका लागि, भारत विश्वको सबभन्दा ठूलो लोकतन्त्र भए पनि पश्चिमी शैलीको लोकतन्त्र अपनाएका कारण त्यहाँ मानव विकास सूचकांकको अवस्था दयनीय छ । भारतको नीति आयोगले हालसालै जारी गरेको राष्ट्रिय बहुआयामिक गरीबी सूचकांकमा २५.०१ प्रतिशत जनसंख्या बहुआयामिक गरीबीको चपेटामा परेको देखाएको छ । 

आफ्नो जनतालाई दुई छाक खाना राम्रोसँग खुवाउन नसक्ने मुलुकले लोकतन्त्र भएको दुहाई दिनु विडम्बनापूर्ण छ । भारत र अन्य मुलुकहरूले आफ्नै विशिष्ट मौलिक लोकतन्त्रका लागि पहल गर्नुपर्ने आवश्यकतालाई गरीबीसम्बन्धी प्रतिवेदनले औंल्याएको छ । चीनले आफ्नै शैलीको लोकतन्त्र अपनाएर देशबाट गरीबी उन्मूलन गरिसकेको प्रसंग यहाँ स्मरणीय छ ।

चीनका परराष्ट्रमन्त्रीले भारतलाई लोकतन्त्रको जालोमा नपर्न दिएको सुझाव यहाँ सान्दर्भिक देखिन्छ र शीतयुद्धमा चीनविरुद्ध अमेरिकाको साथ नदिन भारतलाई उनले प्रकारान्तरले आग्रह गरेको संकेत पनि यसबाट पाइन्छ ।

जे होस्, विश्व राजनीतिमा दोस्रो शीतयुद्धको आरम्भसँगै भाष्यमा नियन्त्रणका लागि पनि हानथाप भइरहेको छ । चीनले संसारलाई तेर्स्याएको चुनौतीलाई डेटा जालो र ऋण जालोको भाष्यमार्फत स्थापना गर्न खोजिएको छ । चीनले चाहिँ लोकतन्त्र जालोको कुरा उठाएर पश्चिमको मोहबाट अन्य मुलुकहरूलाई छुटाउन खोजेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x