०५ असार २०८३, शुक्रबार

उपनिवेशकालको अपराधको बदला लिने भन्दै बेलायतकी महारानीलाई मार्न खोज्ने व्यक्ति पक्राउ (भिडियो)

पुस १२, २०७८
उपनिवेशकालको अपराधको बदला लिने भन्दै बेलायतकी महारानीलाई मार्न खोज्ने व्यक्ति पक्राउ (भिडियो)

गत शनिवार क्रिसमसको दिन बेलायतमा एकजना व्यक्तिलाई पक्राउ गर्नुको कारण खुलेको छ ।

ती व्यक्तिले स्न्यापच्याट नामक यापको भिडियोमा कालो हूडी र सेतो मास्क लगाएको अनि धनुषवाण भिरेको देखिन्छ । आवाज बदलेर उनले भनेको सुनिन्छ, ‘मैले गरेको काम र गर्न लागेको कामका विषयमा म क्षमाप्रार्थी छु । म रानी एलिजाबेथलाई मार्न कोशिश गर्नेछु ।’

भिडियो शेयर भएको २४ मिनेटपछि सशस्त्र प्रहरीले रानीको निवास विन्डसोर क्यासलको प्रांगणमा एकजना व्यक्तिलाई पक्राउ गरेको द सन पत्रिकाले लेखेको छ । 

ती व्यक्ति डोरीको भर्‍याङ बनाएर क्यासलको बाहिरी पर्खाल नाघी भित्र पुगेका थिए । उनलाई सीसीटीभी क्यामरामा देखिएको थियो र अलार्म पनि बजेको थियो । त्यतिखेर रानी ब्रेकफास्ट लिइरहेकी थिइन् । प्रहरीले उनी र राजपरिवारका अन्य सदस्यलाई खबर गरेको थियो । 

ती व्यक्ति जलियानवाला बाग हत्याकाण्डको बदला लिन पुगेका थिए । भारतको पञ्जाब राज्यमा रहेको जलियानवाला बागमा बेलायती उपनिवेशको समयमा बृलायती सैनिकहरूले ३७९ जना प्रदर्शनकारीको हत्या गरेका थिए । घटनामा १२ सयभन्दा बढी मानिस घाइते भएका थिए । 

भारतीय सिख मानिस पक्राउ परेका हुन् । 

उनले आफ्नो नाम जसवन्त सिंह चैल भएको बताए । उनले स्टार वार्स फिल्मबाट प्रेरित भएर कालो लुगा र सेतो मास्क लगाएका थिए । 

ती व्यक्तिलाई मानसिक स्वास्थ्य ऐनअन्तर्गत पक्राउ गरिएको छ । अभियोजन चलुन्जेल उनलाई मानसिक उपचार कक्षमा राखिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्