२५ असार २०८३, बिहीबार

फोन पेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना : ३० जनाले पाए आइफोन १३

फोन पेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना : ३० जनाले पाए आइफोन १३

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । 

फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ ।

विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे। यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन्।  यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।  

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्षपनि यो योजना सञ्चालनमा ल्याएको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले यो वर्षपनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ।

salt training

कमेन्ट गर्नुहोस्