पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
पुस २१, २०७८
पाकिस्तान र अफगानिस्तानबीच रहेको २६ सय ७० किलोमिटर सीमाक्षेत्रमा तारबार लगाउने विषयमा चलिरहेको विवाद लम्बिने संकेत देखिएको छ ।
अफगानिस्तानको नानगढहर प्रान्तसँग जोडिएको सीमामा पाकिस्तानी सुरक्षाबलले लगाएको तारबारलाई अफगानिस्तानका तालिबानले हटाइदिएका छन् । गत डिसेम्बर महिनामा उनीहरूले तारबार हटाउने क्रममा ‘यो तिमीहरूको सिमाना हैन’ अनि ‘यहाँ आयौ भने हामी गोली हानिदिन्छौं’ समेत भनेको भिडियोहरू सार्वजनिक भएका थिए ।
त्यस घटनाको केही दिनपछि अफगानिस्तानको निमरोज प्रान्तमा पाकिस्तानी सेनाले तारबार लगाउन खोज्दा तालिबानले रोकेको अफगान सञ्चारमाध्यमले खबर दिएका थिए । पाकिस्तानी सैनिकहरूले निमरोजमा रहेको चाहर बुर्जाक जिल्लामा आफ्नो बोर्डर आउटपोस्ट बनाउन खोजेपछि तालिबानले रोकेको बताइन्छ । पाकिस्तानी सेना अफगान भूमिको १५ किलोमिटर भित्रसम्म गएको र चेकपोस्ट बनाउन खोजेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै खामा नामक अफगान सञ्चारमाध्यमले खबर दिएको थियो ।
यसैबीच पाकिस्तानका गृहमन्त्री शाह महमूद कुरैशीले सीमामा तारबारको काम जारी राख्ने र यस विषयमा उठेका समस्यालाई कूटनीतिक माध्यमले समाधान गरिने बताएका छन् । तर तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले तारबार परियोजनाको आलोचना गर्दै डुरान्ड लाइनमा तारबार लगाउने तथा सीमाका आधारमा कबिलाका परिवारलाई छुट्ट्याउने अधिकार पाकिस्तानसँग नरहेको बताएका छन् ।
बेलायतले भारतलाई उपनिवेश बनाएको बेलामा सन् १८९३ मा पछि बनेको पाकिस्तान र अफगानिस्तानबीच डुरान्ड लाइन नामक सीमारेखा कोरिएको थियो । बेलायती र रुसी साम्राज्यबीच एसियामा आधिपत्यका लागि भएको प्रतिस्पर्धा (द ग्रेट गेम) का क्रममा यो कृत्रिम रेखा कोरिएको थियो । अफगानिस्तानलाई मध्यवर्ती (बफर) राज्य बनाएको बेलायतका लागि ब्रिटिश इन्डियन सरकारका सचिव सर मोर्टाइमर डुरान्ड र तत्कालीन अफगान शासक अब्दुर रहमान खानबीच सीमारेखा निर्धारणका विषयमा सहमति भएको थियो ।
सीमाले उक्त क्षेत्रमा रहेका पश्तुन कबिलाहरूको संवेदनशीलतालाई विचार नगरेको जिकिर पश्तुनहरूले गर्दै आएका छन् । सीमाका कारण कबिला परिवारहरू अनाहकमा दुई देशमा छुट्टिएर बस्नुपरेको गुनासो उनीहरूले गर्दै आएका छन् ।
पाकिस्तानले अफगानहरूको आपत्तिलाई खारेज गर्दै आफूले सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्रता पाएपछि अन्तर्राष्ट्रिय सीमा विरासतमा प्राप्त गरेको र यसैलाई मान्नुपर्ने बताउने गरेको छ । तर अफगानिस्तानले उपनिवेशकालीन सीमालाई नमान्ने बताएको छ ।
सीमामा तारबार लगाइँदा त्यसले दुई राष्ट्रबीचको अन्तरलाई औपचारिकता दिने र कबिलामा विग्रह ल्याउने अफगानहरूको धारणा छ । हुन पनि डुरान्ड लाइनलाई स्थायी सीमाका रूपमा विकसित गर्ने पाकिस्तानी रणनीतिअन्तर्गत नै तारबारको काम अघि बढाइएको हो ।
त्यसो त पाकिस्तानले सन् २०१७ देखि नै सीमामा तारबार लगाइरहेको हो । त्यसको एक वर्षअघि अफगानिस्तानमा रहेका पाकिस्तानी लडाकू समूहहरूबाट सुरक्षाबलमाथि हिंस्रक आक्रमण भएपछि तारबार लगाउन थालिएको हो ।
त्यसबाहेक सीमापार हुने लागूऔषध र हतियारको तस्करी रोक्न पनि पाकिस्तानले तारबार लगाएको हो । संसारमा गरिने अफिमको आपूर्तिमध्ये ८० प्रतिशतभन्दा बढी अफगानिस्तानबाटै हुने गरेको आँकडा संयुक्त राष्ट्रसंघसँग छ । अफगानिस्तानमा उत्पादित अफिमको लगभग ४५ प्रतिशत पाकिस्तानको बाटो हुँदै पश्चिम एसिया, अफ्रिका र युरोप पुग्ने गरेको छ ।
सीमाका धेरै भागमा तारबार लगाइसकिएको छ र बाँकी रहेका केही भागमा अहिले तालिबानले अवरोध गरिरहेको हो ।
अमेरिकाले २० वर्षअघि अफगानिस्तानमा आक्रमण गरेर तालिबान शासन ढालेपछि डुरान्ड लाइनरूपी खुला सीमाको दुरुपयोग गर्दै हक्कानी नेटवर्क, अलकायदा र तेहरीक–ए–तालिबान जस्ता आतंककारी समूहहरूले अफगानिस्तान र पाकिस्तान दुवैमा आक्रमण गर्ने गरेका थिए । पाकिस्तानले अफगान तालिबान र हक्कानी नेटवर्कलाई आश्रय दिएर अफगान सरकारलाई अस्थिर बनाउन योगदान गरेको आरोप पूर्ववर्ती गानी सरकारले लगाउने गरेको थियो । उता पाकिस्तानले चाहिँ अफगानिस्तानमा पाकिस्तानी तालिबानलाई आश्रय दिइएको गुनासो गर्ने गरेको थियो ।
सीमामा तारबार लगाएर पाकिस्तानलाई धेरै फाइदा पुगेको तर्क अलजजीरा डट्कममा अब्दुल बसितले गरेका छन् । उनका अनुसार, पाकिस्तानले सन् २००७ देखि आतंकवादी समूहहरूविरुद्ध चलाएको कारवाहीका कारण ती आतंकवादीहरू अफगानिस्तानतर्फ भाग्ने अनि केही समयपछि फेरि आएर आक्रमण गर्ने गरेकाले पाकिस्तानलाई अप्ठ्यारो पर्ने गरेको थियो ।
तर तारबार लगाएपछि आतंकवादीहरू सीमा पार गरेर भाग्न गाह्रो परेको छ र पाकिस्तानी सुरक्षाबलको पकडमा आउने गरेका छन् । सीमाकै कारण अफगानिस्तानबाट सीमा पारि हुने आक्रमणको संख्या घटेर सन् २०१९ मा ८२ बाट सन् २०२० मा जम्मा ११ मा झरेको छ ।
तारबारका कारण फाइदा लिइरहेको पाकिस्तानले अफगानिस्तानमा तालिबान शासन आएपछि आफूलाई थप सहज हुने अपेक्षा गरेको थियो । बीस वर्षको युद्धपछि अमेरिकाले गत सेप्टेम्बर ११ मा अफगानिस्तानबाट पूर्ण रूपमा बाहिरिने प्रक्रिया शुरू गरेलगत्तै तालिबानले सबैलाई आश्चर्यमा पार्दै अगस्ट महिनामै राजधानी काबुल र सम्पूर्ण देश कब्जामा लियो । पाकिस्तानको आशीर्वाद र आश्रय पाएको तालिबान र हक्कानी नेटवर्कले अफगानिस्तानमा शासन चलाउन थालेपछि पाकिस्तानले सीमाका विषयमा पनि आफूले भनेजस्तो हुने अपेक्षा गरेको थियो ।
तर तालिबानले डुरान्ड सीमालाई नै नमान्ने भनेर यस विवादलाई थप पेचिलो बनाएको छ । यसलाई कूटनीतिक माध्यमले हल गर्ने भनी दुवै पक्षले बताए पनि यो सहजै समाधान हुने विषय हैन ।
विशेषगरी सीमाको दुवैतर्फ प्रभाव भएको आतंकवादी समूह तहरीक–ए–तालिबान (पाकिस्तानी तालिबान) पाकिस्तानका लागि लामै समयसम्म टाउकोदुखाइको विषय बन्ने देखिन्छ । पाकिस्तान सरकारले प्रतिबन्ध लगाएको उक्त समूह पाकिस्तानमा कठोर शरियामा आधारित राजनीतिक व्यवस्थाको लक्ष्य लिएर आफूले सशस्त्र संघर्ष गरिरहेको बताउने गर्छ ।
खासमा पाकिस्तानको स्थापना नै कट्टरपन्थी शरियामा आधारित शासन प्रणाली भएको मुलुकका रूपमा भएको तर शासकहरू त्यस लक्ष्यबाट भट्किएको दाबी उसले गरेको छ । लक्ष्यप्राप्ति नहुन्जेल पाकिस्तान राज्य र सुरक्षाबलका विरुद्ध उसको संघर्ष जारी रहने देखिन्छ । पाकिस्तानविरुद्ध आक्रोश राख्ने पश्तुन र बलोच राष्ट्रवादीहरूलाई पनि उसले समर्थन गर्ने गरेको छ, भलै उनीहरूसँग उसको विचारधारा मिल्दैन ।
अफगानिस्तान र इरानको सीमासँग जोडिने बलोचिस्तान प्रान्तमा तनाव बेहोरिरहेको पाकिस्तानी सरकारलाई पाकिस्तानी तालिबानले थप जोखिम तेर्स्याएको हो ।
पाकिस्तानी राज्यले बलोचहरूमाथि निर्मम दमन गर्ने गरेकाले बलोच लडाकू समूहहरूले उक्त क्षेत्रमा पर्ने चीन पाकिस्तान आर्थिक कोरिडोरका परियोजनाहरूमाथि आक्रमण गरिरहेका छन् । रणनीतिक महत्त्व भएको ग्वादर बन्दरगाह पनि त्यहीँ पर्छ र त्यहाँ माछा मार्न पाउने अधिकार खोसिएकोदेखि लिएर स्वच्छ जल पिउनसमेत नपाएको गुनासो स्थानीय बलोचहरूले गर्ने गरेका छन् ।
बलोचहरूको आक्रमणसँगै उक्त क्षेत्रमा पाकिस्तानी तालिबान समेतको प्रहार पाकिस्तानी सुरक्षाबलले खेप्नु परिरहेको छ । एसिया टाइम्समा विवेक वाई केलकरले यसलाई एसियाको टाउकोदुखाइका रूपमा चित्रित गरेका छन् । अफगान तालिबान र पाकिस्तानी सेना तथा गुप्तचर संस्था आईएसआईभित्र रहेका दक्षिणपन्थीहरूले पाकिस्तानी तालिबानप्रति सहानुभूति राख्ने गरेकाले पनि समस्या आएको देखिन्छ ।
अफगानिस्तानमा तालिबानले शासन चलाउन थालेदेखि पाकिस्तानी तालिबानले उसप्रतिको बफादारीलाई थप मजबूत बनाएको छ । अफगान तालिबानले लामो समयसम्म धैर्यताका साथ अमेरिकाविरुद्ध संघर्ष गरेर जीत हासिल गरेजस्तै पाकिस्तानी तालिबानले पनि पाकिस्तानी राज्यविरुद्ध संघर्ष जारी राख्ने प्रेरणा मिलेको उसको कथन रहेको अफगानिस्तान र पाकिस्तानको राजनीति तथा सुरक्षाका विषयमा अध्ययन गर्ने अब्दुल सईदले कार्नेगी इन्डाउमेन्ट फर पीस नामक थिंकट्यांकको वेबसाइटमा प्रकाशित आलेखमा उल्लेख गरेका छन् ।
पाकिस्तानी तालिबानसँग राजनीतिक सहमति गर्न तथा अफगान तालिबानसँग डुरान्ड लाइनका विषयमा कूटनीतिक सहमति गर्न पाकिस्तानका लागि निकै ठूलो चुनौती छ । उक्त चुनौतीलाई पाकिस्तानी राज्यले सफलतापूर्वक समाधान नगरेमा क्षेत्रीय अशान्ति तथा अस्थिरता कायम रहनेछ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...