०५ असार २०८३, शुक्रबार

यसकारण मोबाइललाई सँगै लिएर सुत्न हुँदैन

पुस २४, २०७८
यसकारण मोबाइललाई सँगै लिएर सुत्न हुँदैन

मोबाइल फोन जीवनको अभिन्न अंग बनिसकेको छ भन्दा फरक पर्दैन ।

पछिल्ला दिनहरुमा मानिस मोबाइलमा धेरै समय बिताउनमै व्यस्त हुन थालेका छन् । जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानहरुले देखाएका छन् । मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजनन देखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ ।

एक अनुसन्धानले फोनलाई राति सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ ।

चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्यास उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् ।

अनुसन्धानकर्ताहरूको एक समूहले लिथियम–आयन ब्याट्रीबाट निस्कने सयवटाभन्दा बढी विषालु ग्यासको पहिचान गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्यासले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।

उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।

इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’

प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्यासको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रीले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रीभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्