१० साउन २०८३, आइतबार

आफ्नो जन्मदिनमा रगतले लत्पतिएको अवस्थामा देखिए ऋतिक रोशन

पुस २६, २०७८
आफ्नो जन्मदिनमा रगतले लत्पतिएको अवस्थामा देखिए ऋतिक रोशन

बलिउडका चर्चित अभिनेता ऋतिक रोशनले सोमवार आफ्नो ४८औं जन्मदिन मनाउँदैछन् । ऋतिकलाई फ्यानसहित धेरै फिल्मी कलाकारहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् ।

ऋतिकले आफ्नो ४८ औं जन्मदिनमा फ्यानहरूलाई विशेष उपहार दिएका छन् । 

वास्तवमा ऋतिक रोशनले आफ्नो जन्मदिनमा आफ्नो बहुचर्चित आगामी फिल्म विक्रम वेधासँग सम्बन्धित आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका छन्, जसमा उनको अवतार एकदमै फरक देखिन्छ । 

ऋतिक रोशनले आधिकारिक इन्स्टाग्राममा फिल्म विक्रम वेधाको पहिलो लुक शेयर गरेका छन् । ऋतिक रोशन सामाजिक सञ्जालमा निकै सक्रिय छन् । 

उनले शेयर गरेको तस्वीरका अनुसार फिल्म विक्रम वेधामा ऋतिक रोशनको पात्रको नाम वेधा हो । तस्वीरमा उनी नीलो प्रिन्टेड कुर्तामा देखिएका छन् । रगतले लत्पतिएको अनुहारमा ऋतिक रोशनको ग्रे शेड लुक देखिएको छ । तस्वीरमा उनले चश्मा पनि लगाएका छन् । फिल्म विक्रम वेदसँग जोडिएको ऋतिक रोशनको यो लुक सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

फिल्म विक्रम वेधा आईआर माधवन र विजय सेतुपतिको २०१७ को तमिल फिल्मको हिन्दी रिमेक हो। यो हिन्दी रिमेक फिल्म पुष्कर र गायत्रीको निर्देशनमा बनिरहेको छ । फिल्ममा ऋतिक रोशनका अलावा अभिनेता सैफ अली खान पनि मुख्य भूमिकामा देखिनेछन् ।

फिल्म विक्रम(बेतालको ऐतिहासिक कथामा आधारित छ, जसमा एक गुण्डा प्रहरीबाट जहिले पनि कथा सुनाएर भाग्ने गर्छ । फिल्ममा ऋतिक रोशन मुख्य भूमिकामा देखिनेछन् भने सैफ अली खान मुख्य खलनायकको भूमिकामा देखिनेछन् । 

यो फिल्म यसै वर्षको सेप्टेम्बरमा रिलिज हुन सक्छ । यो चलचित्रको छायांकन गत वर्ष मात्रै शुरू भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्