
सामाजिक सञ्जालमा एक महिलाको बेबी बम्पले अहिले चर्चा पाएको छ ।
डेनमार्ककी मिशेला मेयर मोसी नामकी गर्भवती युवतीको बेबी बम्प बेबी बम्प नभएर केही बिरामी पो हो की जस्तो लाग्ने खाले छ ।
यी महिलाले अहिले ३ बच्चा जनाइसकेको बताइएको छ । तर पनि उनको गर्भवती हुँदाको बेबी बम्पले अहिले पनि चर्चा पाइरहेको डेली स्टारले खबर लेखेको छ ।
यी महिलाले ‘सिजेरियन डेलीभरी’ गरेर तीन बच्चालाई जन्म दिइन् ।
उनी त्यस समयमा ३५ हप्ताको गर्भवती रहेको बताइएको समेत समाचार एजेन्सीले जनाएको छ ।
इन्स्टाग्राममा २ लाख ६० हजार फलोअर्स रहेको मिशेलाले आफ्नो गर्भावस्थाको समयमा कैद गरिएका तस्वीरहरू शेयर गरेकी थिइन् ।