०४ असार २०८३, बिहीबार

टिप्पर र भ्यान ठोक्किँदा आमाछोराको मृत्यु

माघ २१, २०७८
टिप्पर र भ्यान ठोक्किँदा आमाछोराको मृत्यु

भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा शुक्रवार टिप्पर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको भ्यान र विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नम्बरको टिप्पर एक आपसमा ठोक्किएका हुन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भ्यानमा सवार धादिङको गल्छी गाउँपालिका–१ की ३६ वर्षीया निशा ढुंगाना र उनको ९ वर्षीय छोरा निमेश ढुंगाना रहेका छन् । 

चितवन प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार उनीहरूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

भ्यानका चालक ३५ वर्षीय राजकुमार ढुंगाना र निशाकी आमा राप्ती नगरपालिका–३ की ५८ वर्षीय धीरमाया ओली घाइते छन् ।

ओलीको अवस्था गम्भीर रहेको र ढुंगानाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

एकै परिवारका यात्रु सवार भ्यानलाई ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छ । रासस

salt training

कमेन्ट गर्नुहोस्