
दक्षिण अमेरिकी मुलुक चिलीको राजधानी सेन्टियागोस्थित एक सडकमा ट्रक चालकलाई लुट्न खोज्ने डाँकाहरूको एक समूहलाई चालकले जिल्ल्याएको रमाइलो भिडियो सार्वजनिक भएको छ ।
सडकमा ट्रक गुड्दै गर्दा कालो एसयूभी अचानक त्यसको अगाडि आइपुगेको थियो । त्यसपछि मुख छोपेका अनि हातहतियार बोकेका मानिसहरू कारबाट निस्केका थिए । उनीहरू ट्रक लुट्न चाहन्थे ।
तर ट्रक चालकले डाँकाहरूको एम्बुशलाई ध्वस्त पार्नका लागि ट्रकको गति बढाइदिए । उनले डाँकाहरूको गाडीलाई लतार्दै एकातिर हुत्याएर ट्रक अघि बढाए ।
डाँकाहरू हेरेको हेर्यै भए ।
सामाजिक सञ्जालमा ट्रक चालकको सुझबुझ र निडरताको प्रशंसा भइरहेको छ ।
A truck driver escaped a robbery by slamming the gas pedal to the floor in Chile, pushing the robber’s car out of his way pic.twitter.com/eplNl7GqO8
— RT (@RT_com) February 9, 2022