
भारतको मध्यप्रदेश छिन्दवाडाका एक भिखारी यतिबेला चर्चामा छन् । उनको विशेषता के हो भने उनले भिख पनि डिजिटल रुपमा लिने गर्छन् । उनको भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी फोनपेको क्यूआर कोड घाँटीमा झुण्डाएर हिँडिरहेको देखिन्छ । खुद्रा नपाएको बहाना बनाउनेलाई उनी अनलाइनबाटै पैसा दिन भन्छन् ।
डिजिटल भएपछि उनको कमाइ पनि बढेको छ । किनभने पहिले मानिसले उनलाई एक–दुई रूपैयाँ मात्र दिने गर्थे, अहिले कम्तीमा ५ रूपैयाँ ट्रान्सफर गर्छन् ।
डिजिटल भिख माग्ने यी व्यक्तिको नाम हेमन्त सूर्यवंशी हो, जो कुनै समय नगरपालिकाका कर्मचारी थिए । जागिर गुमाएपछि उनी छिन्दवाडा शहरका गल्ली–गल्ली घुमेर भीख माग्न थालेका हुन् ।
भिख माग्ने तरिका बेग्लै
हेमन्तको भिख माग्ने शैली पनि बेग्लै छ । 'बाबुजी चिल्लर होइन, फोन-पे वा गुगल-पेबाट भिख दिनुस्' उनले भन्ने गरेका छन् ।
डिजिटल प्रविधिका कारण मानिसले सजिलै भिख दिने गरेको हेमन्त बताउँछन् ।
बारकोडसँगै हातमा मोबाइल
हेमन्तका अनुसार पहिले उनी नगरपालिकामा काम गर्थे । त्यसपछि जागिर छाडेर दुःखमा यताउता घुम्न थाले । पछि उनले भिख मागेर गुजारा चलाउन थाले ।
हेमन्त हातमा मोबाइल फोन र बारकोड लिएर भिख माग्छन् ।
उनी पनि नगदरहित अभियानको हिस्सा बनेका छन्, जसमा सडकमा हाँस्दै, ठट्टा गर्दै, नाचगान गरेको देख्न सकिन्छ । जसकारण उनका भिडियोहरू पनि भाइरल भइरहेका छन् ।
यसरी आयो डिजिटल भिक्षाको उपाय
हेमन्त प्रायः पसल र अफिसमा पैसा माग्न जान्थे, जहाँ उनको नजर जताततै जडान गरिएका क्युआर कोडहरूमा पर्यो । यसपछि उनले एक पसलबाट सम्पूर्ण कुरा बुझे र उनको क्यूआर कोड लिए । भिख मागेको पैसा सोही पसलको खातामा जम्मा हुन्छ ।
साँझ पसलले नगद दिन्छ
मानिसहरूले भिख माग्दा चिल्लर नभएको बहाना बनाउने गरे पनि अहिले चिल्लरको बहानाले काम नगर्ने हेमन्त बताउँछन् । मानिसहरूबाट ५, १० २० रूपैयाँ उठ्ने गरेको उनी बताउँछन् ।
सो पैसाले परिवारको हेरचाह गरिरहेको उनको भनाइ छ । मानिसहरूले दिने पैसा चौपाटी स्वीट कर्नरको खातामा जम्मा हुन्छ । साँझ पसलेले उसलाई नगद दिने गरेको गर्छन् । -भास्करबाट