०५ असार २०८३, शुक्रबार

यी डिजिटल भिखारी जो घाँटीमा क्यूआर कोड झुण्ड्याएर माग्छन्

फागुन ९, २०७८
यी डिजिटल भिखारी जो घाँटीमा क्यूआर कोड झुण्ड्याएर माग्छन्

भारतको मध्यप्रदेश छिन्दवाडाका एक भिखारी यतिबेला चर्चामा छन् । उनको विशेषता के हो भने उनले भिख पनि डिजिटल रुपमा लिने गर्छन् । उनको भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी फोनपेको क्यूआर कोड घाँटीमा झुण्डाएर हिँडिरहेको देखिन्छ । खुद्रा नपाएको बहाना बनाउनेलाई उनी अनलाइनबाटै पैसा दिन भन्छन् । 

डिजिटल भएपछि उनको कमाइ पनि बढेको छ । किनभने पहिले मानिसले उनलाई एक–दुई रूपैयाँ मात्र दिने गर्थे, अहिले कम्तीमा ५ रूपैयाँ ट्रान्सफर गर्छन् ।

डिजिटल भिख माग्ने यी व्यक्तिको नाम हेमन्त सूर्यवंशी हो, जो कुनै समय नगरपालिकाका कर्मचारी थिए । जागिर गुमाएपछि उनी छिन्दवाडा शहरका गल्ली–गल्ली घुमेर भीख माग्न थालेका हुन् । 

भिख माग्ने तरिका बेग्लै

हेमन्तको भिख माग्ने शैली पनि बेग्लै छ । 'बाबुजी चिल्लर होइन, फोन-पे वा गुगल-पेबाट भिख दिनुस्' उनले भन्ने गरेका छन् । 

डिजिटल प्रविधिका कारण मानिसले सजिलै भिख दिने गरेको हेमन्त बताउँछन् । 

बारकोडसँगै हातमा मोबाइल

हेमन्तका अनुसार पहिले उनी नगरपालिकामा काम गर्थे । त्यसपछि जागिर छाडेर दुःखमा यताउता घुम्न थाले । पछि उनले भिख मागेर गुजारा चलाउन थाले । 

हेमन्त हातमा मोबाइल फोन र बारकोड लिएर भिख माग्छन् । 

उनी पनि नगदरहित अभियानको हिस्सा बनेका छन्, जसमा सडकमा हाँस्दै, ठट्टा गर्दै, नाचगान गरेको देख्न सकिन्छ । जसकारण उनका भिडियोहरू पनि भाइरल भइरहेका छन् ।

यसरी आयो डिजिटल भिक्षाको उपाय

हेमन्त प्रायः पसल र अफिसमा पैसा माग्न जान्थे, जहाँ उनको नजर जताततै जडान गरिएका क्युआर कोडहरूमा पर्‍यो । यसपछि उनले एक पसलबाट सम्पूर्ण कुरा बुझे र उनको क्यूआर कोड लिए । भिख मागेको पैसा सोही पसलको खातामा जम्मा हुन्छ ।

साँझ पसलले नगद दिन्छ

मानिसहरूले भिख माग्दा चिल्लर नभएको बहाना बनाउने गरे पनि अहिले चिल्लरको बहानाले काम नगर्ने हेमन्त बताउँछन् । मानिसहरूबाट ५, १० २० रूपैयाँ उठ्ने गरेको उनी बताउँछन् । 

सो पैसाले परिवारको हेरचाह गरिरहेको उनको भनाइ छ । मानिसहरूले दिने पैसा चौपाटी स्वीट कर्नरको खातामा जम्मा हुन्छ । साँझ पसलेले उसलाई नगद दिने गरेको गर्छन् । -भास्करबाट

salt training

कमेन्ट गर्नुहोस्