०५ असार २०८३, शुक्रबार

जन्तीलाई ढिलो खाना आएपछि दुलाहाले लिए यस्तो निर्णय

फागुन ११, २०७८
जन्तीलाई ढिलो खाना आएपछि दुलाहाले लिए यस्तो निर्णय

भारतको बिहारमा रहेको पूर्णिया जिल्लामा दुलहीको घरमा गएको जन्तीलाई खाना पस्किन ढिलो भएपछि रिसाएका दुलाहा विवाह समारोह छोडेर भागेका छन् । 

बतौना गाउँको ईस्वरी टोलामा राजकुमार उरावँ विवाहका लागि पुगेका थिए । जन्ती दुलहीको घर पुग्दा विभिन्न रीतिरिवाज गर्न थालियो । 

कर्मकाण्ड चल्दै गर्दा जन्तीलाई खाना खुवाउन ढिलाइ भएको थियो । त्यसले गर्दा दुलाहा, उनका पिता र साथीहरू रिसाए । 

विवाह नै नगरी दुलाहा फर्किए । दुलही पक्षले उनलाई फकाउन धेरै कोशिश गरेको भए पनि उनीहरू रोकिएनन् । 

दुवै पक्षबीच कुरा मिलाउनका लागि धेरैपटक वार्ता भयो तर कुरा झनै बिग्रियो । 

दुलाहाका पिताले ढिलो गरी खाना आएको रिसमा खानाको खर्च र बाइकसँगै दाइजोमा आएका अन्य कुरा पनि दुलहीपक्षलाई फर्काइदिए । 

घटनापछि दुलहीकी आमाले कस्बा प्रहरी चौकीमा दुलाहा र उसका पिताविरुद्ध उजुरी दायर गरेकी छन् । उजुरी दर्ता भएपछि दुलाहाका पिताले बिहेमा भएको खर्च फर्काए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्