
जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ ।
प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र नजिकै निर्माण गर्न लागिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा भवनको जग भत्किएपछि तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए ।