१४ असार २०८३, आइतबार
जय सम्भो!

शिवरात्रिका दिन यस्तो छ पशुपति क्षेत्रको राैनक [तस्वीरहरू]

फागुन १७, २०७८
शिवरात्रिका दिन यस्तो छ पशुपति क्षेत्रको राैनक [तस्वीरहरू]

आज महाशिवरात्रि पर्व । धुमधामका साथ देशभर यो पर्व मनाइँदैछ । 

हिन्दू धर्मावलम्बीहरूको मुख्य पर्वमध्ये एक शिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । 

देशका विभिन्न ठाउँ र भारतबाट समेत साधुसन्तहरू पशुपति क्षेत्रमा आएका छन् । भजनकीर्तन चलिरहेको छ । 

केही भक्तजन पूजा सकेर सेल्फी खिचिरहेका छन्, कोही नाचिरहेका छन् । 

वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । 

यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । 

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

salt training

कमेन्ट गर्नुहोस्