१४ असार २०८३, आइतबार

भन्सार छलीका ३९ वटा आइफोन नियन्त्रणमा

असार १४, २०८३
बुटवल
भन्सार छलीका ३९ वटा आइफोन नियन्त्रणमा

भन्सार छली गरी ल्याएका ३९ वटा आइफोन रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय, बेलहिया (सुनौली)बाट खटिएको प्रहरी टोलीले लु ५३ प ३३९८ नम्बरको स्कुटरमा भारतबाट ल्याउँदै गरिएका उक्त आइफोन बरामद गरेको हो। प्रहरीले नियन्त्रणमा लिएका आइफोनमा १७ प्रो म्याक्सदेखि १३ प्रो म्याक्ससम्म छन्।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले प्रहरीले चेकजाँचको क्रममा २३ लाख ९० हजार मूल्यका आइफोन नियन्त्रणमा लिइएको जानकारी दिए।

स्कुटर छाडेर भाग्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

बरामद गरिएका फोनहरूमा आइफोन १७– २ वटा, आइफोन १३– २५६ जीबी– ९ थान, आइफोन १३– १२८ जीबी– १२ थान, आइफोन १४ प्रो २ थान, आइफोन ११– १२८ जीबी १३ थान र स्कुटर एक थान रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्