१४ असार २०८३, आइतबार

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

असार १४, २०८३
रौतहट
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।

आज दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका ८ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

दुवै बालक गाउँ नजिकैको बागमती नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनीहरू हराएको खबरपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजी गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्