×

NMB BANK
NIC ASIA

रुस-युक्रेन युद्ध

युक्रेनमा कसलाई सखाप पार्न खोज्दैछन् पुटिन ?

फागुन २०, २०७८

NTC
Sarbottam
अजोभ बटालीयनका सदस्यहरू । Photo : Gleb Garanich/Reuters
Premier Steels
Marvel

युक्रेनमाथि रुसी आक्रमण दोस्रो हप्तामा प्रवेश गर्दा युक्रेनको उग्रदक्षिणपन्थी सैन्य समूह पुनः चर्चामा छ । 

Muktinath Bank

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनामा रहेका यस्ता उग्रदक्षिणपन्थी इकाइविरुद्ध विशेष सैन्य कारवाही चलाउनु एउटा कारणका रूपमा रहेको भनेका छन् । युक्रेनलाई असैन्यीकृत गर्ने र नाजीविहीन बनाउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार युक्रेनको नेसनल गार्डले एउटा भिडियो ट्वीट गरेको थियो । त्यसमा अजोभ बटालियनका लडाकूहरूले आफ्नो गोलीमा सुँगुरको बोसो दलेको देखिन्थ्यो । रुसका साझेदार मुसलमान चेचेनहरूका विरुद्ध त्यसको उपयोग गर्ने लक्ष्य छ ।


Advertisment
Nabil box
Kumari

(मुस्लिमहरूले सुंगुरलाई अपवित्र मान्छन् । सुंगुरलाई छुँदा आफू पनि अपवित्र हुने उनीहरूको मान्यता हुन्छ । सुंगुरले छोएको गोली खाएर मर्दा अगति पर्ने मान्यताले उनीहरू लडाईंबाट पछि हट्ने, पछि नहटेको खण्डमा पनि उनीहरूको मान्यताबाट च्युत गरेर मृत्युवरण गर्न बाध्य बनाउने सन्देश उक्त भिडियोमार्फत दिन खोजिएको प्रस्टै बुझिन्छ ।)

Vianet communication
Laxmi Bank

चेचेनहरू पनि युक्रेन लडाइँमा खटिएका छन् । 

रुसले आक्रमण गर्दैछ भन्ने हल्ला चलेदेखि नै अजोभले सैन्य अभ्यासमार्फत नागरिकहरूलाई तालिम दिँदै आएको छ । 

के हो अजोभ रेजिमेन्ट ?

अजोभ उग्रदक्षिणपन्थी स्वयंसेवी स्थलसेना इकाइ हो । त्यसका सदस्यहरूको संख्या लगभग ९०० छ । उनीहरू उग्रराष्ट्रवादी हुन् र उनीहरूविरुद्ध नवनाजी तथा श्वेत सर्वोच्चतावादी विचारधारा राख्ने गरेको आरोप छ । 

उक्त इकाइ सन् २०१४ को मे महिनामा स्वयंसेवी समूहका रूपमा गठन गरिएको थियो । उग्रदक्षिणपन्थी पेट्रियट अफ युक्रेन समूह र नवनाजी सोसल नेसनल एसेम्ब्ली (एसएनए) ले त्यसलाई गठन गरेको थियो । दुवै समूहहरू विदेशीविरोधी तथा नवनाजी आदर्श अपनाउँछन् र उनीहरू आप्रवासी, रोमा समुदायका मानिस तथा आफूभन्दा फरक सोच राख्ने मानिसमाथि शारीरिक आक्रमण गर्छन् । 

बटालियनका रूपमा उक्त समूहले रुससमर्थक पृथक्तावादीहरूविरुद्ध डोनेत्स्कको अग्रमोर्चामा लडेका छन् । युक्रेनमाथि आक्रमण थाल्नुअघि पुटिनले डोनबास क्षेत्रका डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राष्ट्रको दर्जा दिएका थिए । 

रुससमर्थक पृथक्तावादीहरूबाट रणनीतिक बन्दरगाह शहर मारिउपोल पुनः नियन्त्रणमा लिएको केही महिनापछि यस इकाइलाई नेसनल गार्ड अफ युक्रेनमा सन् २०१४ नोभेम्बर १२ मा आधिकारिक रूपमा समावेश गरिएको थियो । त्यतिखेरका राष्ट्रपति पेट्रो पोरोशेन्कोले उनीहरूलाई उच्च प्रशंसा गरेका थिए । 

‘उनीहरू हाम्रा उत्कृष्ट लडाकू हुन्,’ सन् २०१४ मा आयोजित पुरस्कार समारोहमा उनले भनेका थिए । ‘हाम्रा सर्वोत्कृष्ट स्वयंसेवी ।’

अजोभको स्थापना कसले गरेको हो ?

उक्त इकाइलाई आन्द्रेई बाइलेत्स्कीले नेतृत्व गरेका थिए । उनी सन् २००५ मा गठित पेट्रियट अफ युक्रेन र सन् २००८ मा गठित एसएनएका नेता थिए । एसएनएले युक्रेनमा रहेका अल्पसंख्यक समूहमाथि आक्रमण गर्ने गरेको छ । 

सन् २०१० मा बाइलेत्स्कीले ‘संसारका श्वेत जातिको नेतृत्व गर्दै यहुदीको नेतृत्वमा रहेका तल्लो दर्जाका जातिसँग अन्तिम लडाइँ गर्नु’ युक्रेनको राष्ट्रिय लक्ष्य रहेको बताएका थिए । 

बाइलेत्स्की सन् २०१४ मा सांसद निर्वाचित भएका थिए । त्यसपछि उनले अजोभ छोडे किनकि निर्वाचित अधिकारीहरू सेना वा प्रहरीमा रहन पाउँदैनन् । उनी सन् २०१९ सम्म सांसद थिए । 

यी ४२ वर्षीय व्यक्तिलाई बेली भोज्द भनेर पनि उनका समर्थकहरूले चिन्छन् । त्यो भनेको श्वेत शासक हो । उनले सन् २०१६ को अक्टोबर महिनामा उग्रदक्षिणपन्थी नेसनल कोर्प्स दल गठन गरेका थिए । त्यसमा मुख्यतः अजोभ बटालियनमा रहेका पूर्व सैनिकहरू छन् । 

अजोभलाई युक्रेनको गृह मन्त्रालयले सन् २०१४ मा सहयोग गरेको थियो किनकि सरकारलाई सेना रुससमर्थक पृथक्तावादीहरूभन्दा निकै कमजोर रहेको थाहा थियो । त्यसैले ऊ अर्धसैनिक स्वयंसेवी बलहरूमा निर्भर थियो ।

यी बलहरूलाई निजी तवरमा धनाढ्य ओलिगार्कहरूले लगानी गरेका थिए । तीमध्ये सबभन्दा प्रख्यात इगोर कोलोमोइस्की हुन् । उनी ऊर्जा क्षेत्रबाट पैसा कमाउने अर्बपति तथा त्यतिखेर नीप्रोपेत्रोव्स्का क्षेत्रका गभर्नर थिए ।

अजोभबाहेक कोलोमोइस्कीले नीप्रो १ र नीप्रो २ तथा आइदार र डोनबास इकाइ जस्ता स्वयंसेवी बटालियनमा पनि लगानी गरेका थिए । 

अजोभलाई आरम्भमा अर्का धनाढ्य सेर्ही तारुताले पनि लगानी गरेका थिए । उनी डोनेत्स्क क्षेत्रका अर्बपति गभर्नर थिए । 

उदाहरणका लागि, उनीहरूको पोशाकमा नवनाजी वुल्फसांगेल प्रतीक भेटिन्छ । त्यो पहेंलो पृष्ठभूमिमा कालो स्वस्तिक जस्तै देखिन्छ । उक्त समूहले चाहिँ एन र आई अक्षर जोडेको मात्र भनेको छ । एनले नेसनल र आईले आइडियालाई प्रतिनिधित्व गर्छ ।  समूहका सदस्यहरू नवनाजी भएको सहर्ष स्वीकार गर्छन् । उनीहरूमा उग्रदक्षिणपन्थी उग्रराष्ट्रवादी सोच व्याप्त छ । 

नवनाजी विचारधारा

सन् २०१५ मा अजोभ रेजिमेन्टका तत्कालीन प्रवक्ता आन्द्रेई डियाचेन्कोले अजोभका १० देखि २० प्रतिशत सदस्य नाजी भएको बताएका थिए । 

यस इकाइले नाजी विचारधारा अपनाएको कुरालाई अस्वीकार गर्ने गरेको छ । तर अजोभका सदस्यहरूको पोशाक र शरीरमा स्वस्तिक तथा एसएस प्रतीकहरू भेटिन्छन् । 

उदाहरणका लागि, उनीहरूको पोशाकमा नवनाजी वुल्फसांगेल प्रतीक भेटिन्छ । त्यो पहेंलो पृष्ठभूमिमा कालो स्वस्तिक जस्तै देखिन्छ । उक्त समूहले चाहिँ एन र आई अक्षर जोडेको मात्र भनेको छ । एनले नेसनल र आईले आइडियालाई प्रतिनिधित्व गर्छ । 

समूहका सदस्यहरू नवनाजी भएको सहर्ष स्वीकार गर्छन् । उनीहरूमा उग्रदक्षिणपन्थी उग्रराष्ट्रवादी सोच व्याप्त छ । 

सन् २०१८ को जनवरी महिनामा अजोभले सडक गश्ती इकाइ नेसनल ड्रुझ्न्या गठन गरेको थियो । राजधानी किएभमा व्यवस्था पुनर्बहाली गर्ने उसको उद्देश्य थियो । तर त्यसले रोमा समुदायको कत्लेआम गरिदियो अनि तेस्रोलिंगी समुदायमाथि आक्रमण गर्‍यो । 

‘सशस्त्र सुरक्षाबलमा नवनाजी फर्मेसन राख्ने संसारको एक मात्र मुलुक युक्रेन हो,’ अमेरिकी पत्रिका द नेसनका एक संवाददाताले सन् २०१९ मा लेखे । 

मानवअधिकार उल्लंघन र युद्धअपराध

सन् २०१६ मा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले जारी गरेको प्रतिवेदनमा अजोभ रेजिमेन्टबाट अन्तर्राष्ट्रिय मानवीय कानून उल्लंघन भएको आरोप लगाएको थियो । 

उक्त प्रतिवेदनमा सन् २०१५ नोभेम्बरदेखि २०१६ फेब्रुअरीसम्मको घटनाको विस्तृत विवरण दिइएको थियो । अजोभले नागरिकहरू बस्ने भवनमा हतियार र सेना राखेको अनि नागरिकहरूको सम्पत्ति लुटेर विस्थापित गरेको उल्लेख त्यसमा गरिएको थियो । बटालियनले डोनबास क्षेत्रमा थुनुवाहरूलाई बलात्कार र हत्या गरेको आरोप पनि प्रतिवेदनमा लगाइएको थियो । 

अजोभप्रति अन्तर्राष्ट्रिय प्रतिक्रिया

सन् २०१५ को जुन महिनामा क्यानडा र अमेरिकाले अजोभ रेजिमेन्टलाई सहयोग वा तालिम नदिने घोषणा गरेका थिए । नवनाजीहरूसँग उसको सम्बन्धलाई उनीहरूले आधार बनाएका थिए । 

तर पेन्टागनले दबाब दिएपछि अमेरिकाले अजोभमाथिको प्रतिबन्ध हटाएको थियो । 

सन् २०१९ को अक्टोबर महिनामा अमेरिकी सांसद म्याक्स रोजको नेतृत्वमा यूएस कंग्रेसले एक पत्रमा हस्ताक्षर गर्दै अजोभलाई विदेशी आतंकवादी संगठनको दर्जा दिन अमेरिकाको परराष्ट्र मन्त्रालयलाई आह्वान गरेको थियो ।

गत अप्रिल महिनामा सांसद एलिसा स्लटकिनले यस अनुरोधलाई बाइडन प्रशासनसमक्ष दोहोर्‍याएकी थिइन् । उनले अन्य श्वेत सर्वोच्चतावादी समूहहरूमाथिको प्रतिबन्धको पनि कुरा उठाएकी थिइन् । 

अजोभप्रति अन्य मुलुकका उग्रदक्षिणपन्थीहरूको पनि समर्थन छ । संसारभरि रहेका उग्रदक्षिणपन्थीहरूको नयाँ केन्द्र युक्रेन बनेको छ ।

तीनवटा महादेशका पुरुषहरू अजोभ तालिम इकाइमा सहभागी भई लडाइँको अनुभव लिन तथा यस्तै किसिमको विचारधारा अपनाउन तयार रहेको बताइन्छ । 

फेसबूकको ढुलमुलेपन

सन् २०१६ मा फेसबूकले अजोभ रेजिमेन्टलाई खतरनाक संगठनको दर्जा दिएको थियो ।

फेसबूकको डेन्जरस इन्डिभिजुअल्स यान्ड अर्गनाइजेसन्स नीतिअन्तर्गत अजोभलाई सन् २०१९ मा प्रतिबन्ध लगाइएको थियो । उक्त समूहलाई फेसबूकको टियर १ दर्जामा राखिएको थियो । त्यसमा क्लु क्लक्स क्लान र आईएस जस्ता समूह पर्छन् । टियर १ समूहको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने प्रयोगकर्तामाथि पनि प्रतिबन्ध लगाइन्छ । 

तर रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको दिन फेसबूकले प्रतिबन्ध हटाउँदै अजोभको प्रशंसा गर्न अनुमति दिने बतायो । 

‘तत्कालका लागि हामी युक्रेनको प्रतिरक्षाका सन्दर्भमा वा युक्रेन नेसनल गार्डमा उनीहरूको भूमिकाका सन्दर्भमा अजोभ रेजिमेन्टको प्रशंसा गर्न दिन्छौं,’ फेसबूकको पेरेन्ट कम्पनी मेटाले बिजनेस इन्साइडरलाई बतायो । 

‘तर हामी सबै खाले घृणास्पद अभिव्यक्ति, घृणाका प्रतीक, हिंसाको प्रशंसा तथा अजोभ रेजिमेन्टको प्रशंसा, समर्थन वा प्रतिनिधित्व तथा हाम्रो कम्युनिटी स्ट्यान्डर्डलाई उल्लंघन गर्ने अन्य कुनै पनि कन्टेन्टलाई प्रतिबन्ध लगाइरहनेछौं,’ मेटाले थप्यो । 

फेसबूकका मोडरेटरहरूका लागि यो नीति परिवर्तन टाउकोदुखाइको विषय बन्ने अमेरिकी वेबसाइट दी इन्टरसेप्टले लेखेको छ । 

‘रुसविरुद्ध युद्धभूमिमा अजोभ सैनिकहरूले भविष्यमा गर्न सक्ने कुनै गतिविधिलाई फेसबूक प्रयोगकर्ताहरूले अहिले प्रशंसा गरे पनि नयाँ नीतिमा उक्त समूहले गरेको हिंसाको प्रशंसालाई प्रतिबन्ध लगाइरहने भनिएको छ । कस्तो किसिमको अहिंसक युद्ध हुने अपेक्षा कम्पनीले गरेको छ भन्ने स्पष्ट छैन,’ इन्टरसेप्टले लेख्यो । 

अलजजीरामा प्रकाशित सामग्रीलाई लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x