०४ असार २०८३, बिहीबार
डिजिटल पेमेन्टमा फड्को

डिजिटल पेमेन्टमा १८ वर्षमा आएको क्रान्ति, एफवान् सफ्ट जसले नगद बोक्नुपर्ने जमाना बदल्यो

फागुन २२, २०७८
डिजिटल पेमेन्टमा १८ वर्षमा आएको क्रान्ति, एफवान् सफ्ट जसले नगद बोक्नुपर्ने जमाना बदल्यो

डिजिटल आँखाले हेर्ने हो भने १८ वर्षअघिको मुलुक र अहिलेको मुलुकमा निकै फरक छ । पहिले कुनै पनि कार्यालय धाउँदा भीड, ढिलासुस्ती, नगद बोक्नु पर्ने र घन्टौं लाइन बस्नुपर्थ्यो । तर, अहिले त्यो इतिहासजस्तै भएको छ । 

यो सबै सम्भव बनाएको डिजिटाइजेसनले नै हो, जसको नेतृत्व एफवान् सफ्टले गरेको छ । 

आजभन्दा १८ वर्षअघिको त्यो भोगाइलाई चिर्दै एफवान् सफ्टले मुलुकको प्रविधि क्षेत्रमा कब्जै जमाएर बसेको छ भन्दा पक्कै फरक पर्दैन । 

तरकारी पसल, चिया पसलदेखि किराना पसल हुँदै सरकारी निकाय तथा अन्य जहाँतहीँ एफ्वान सफ्टले नै आफ्ना सेवा विस्तार गरेको छ । 

मुलुकमा अनलाइनमार्फत् भुक्तानी गर्ने भन्ने कुरा निकै अपत्यारिलो लाग्थ्यो । बाहिरी मुलुकहरूमा प्रशस्त अभ्यास भए पनि नेपालमा भने त्यतिखेरसम्म अनलाइन भुक्तानीको अभ्यास थिएन । 

असजिलो यात्रा

सन् २००४ (वि.सं. २०६०) मा एफवान् सफ्टले आफ्नो यात्रा शुरू गरेको थियो । 

मुलुकलाई नै डिजिटाइजेसन गर्ने महत्त्वकांक्षी योजना बोकेर शुरू भएको यो कम्पनीले अन्ततः आफ्नो लक्ष्य भेटेरै छाड्यो । 

कम्पनी शुरू भएको दुई वर्षसम्म सीमित काम गरिरहेको एफ्वान सफ्टले आफ्नो व्यवसाय विस्तारको सोच २००६ मा बनायो । 

मुलुकभित्र व्याप्त सामान्य तथा गम्भीर समस्याहरूको हल गर्ने उपाय खोज्दै जाँदा एफ्वान सफ्टले इसेवालाई जन्म दियो । 

त्यतिखेर मुलुकमा अनलाइनमार्फत् भुक्तानी गर्ने भन्ने कुरा निकै अपत्यारिलो लाग्थ्यो । बाहिरी मुलुकहरूमा प्रशस्त अभ्यास भए पनि नेपालमा भने त्यतिखेरसम्म अनलाइन भुक्तानीको अभ्यास थिएन । 

एफवान् सफ्टले मुलुकमा इसेवाको स्थापनासँगै शुरू गर्‍यो अनलाइन भुक्तानी । कम्पनीले इसेवालाई औपचारिक रुपमा २००९ मा सार्वजनिक गरेको थियो । 

इसेवामार्फत अनलाइन भुक्तानी गर्न मिल्ने भए पनि त्यतिखेर बैंंकबाट इसेवामा कसरी कारोबार गर्ने ? अर्थात् ‘क्यास अपलोड’ कसरी गर्ने ? भन्ने समस्या भएको एफवान्् सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवास शर्मा सम्झन्छन् ।  

इसेवा सार्वजनिक भइसकेपछि इसेवाबाट अनलाइन पेमेन्ट गर्न मिल्ने तर बैंकबाट इसेवाबाट पैसा ल्याउन भने सहज थिएन ।

त्यतिबेला केही बैंकले मात्रै डिजिटल बैंकिङको अभ्यास गरेका थिए । लक्ष्मी, कुमारीलगायत केही बैंकको मात्रै डिजिटल बैंकिङ थियो । 

त्यसपछि बैंकलाई नै इन्टरनेट बैंकिङमा लैजानका लागि एफवान् सफ्टले धेरै काम गर्‍यो ।  

त्यो समयमा भर्खर मात्रै मोबाइल फोनको पहुँच हुन थालेको थियो । करीब ५ प्रतिशतमा मात्रै इन्टरनेटको पहुँच रहेको सीईओ शर्मा सम्झन्छन् । तर, एफवान् सफ्टले इसेवा पनि मोबाइलमा बनाउने काम भने गरिरहेकै थियो ।

त्यो समय बैंकिङ क्षेत्रलाई पनि डिजिटाइज गर्ने काममा एफवान् सफ्टलाई शुरूआती सफलता मिलेको थियो । 

पूर्ण रुपमा डिजिटाइज नभए पनि त्यतिखेर बैंकहरूमा एसएमएस बैंकिङ शुरूआत भएको थियो । त्यसअघिसम्म त्यस्ता केही सुविधा बैंकहरूमा थिएन ।

प्रविधिको विस्तार र बैंकिङ प्रणालीलाई सँगसँगै लैजाने एफवान् सफ्टको योजना विस्तारै सफल हुँदै गइरहेको थियो । 

सँगै नेपालीको मोबाइल बोक्ने बानीमा पनि बढोत्तरी हुँदै थियो । विस्तारै स्मार्टफोनहरूको प्रयोग नेपालमा बढ्न थाल्यो । यो सन् २०१२ (वि.सं. २०६८) अघिकै कुरा हो । 

स्मार्टफोनको प्रयोग बढेसँगै एफवान् सफ्टले इसेवा, मोबाइल बैंकिङ जस्ता सेवासुविधाहरू मोबाइलबाटै इन्टरनेटको माध्यमबाट चल्ने बनाइयो ।  

एफवान् सफ्टले इसेवा र फोनपेमात्रै हैन अहिले बजारलाई प्रविधिमैत्री बनाउने गरी १४ वटा ‘प्रोडक्ट’ सञ्चालनमा ल्याइसकेको छ अर्थात् १४ वटा कम्पनीको मातृ कम्पनी एफवान् सफ्ट हो । 

प्रविधि र प्रविधिमैत्री बजारको विस्तारसँगै एफवान् सफ्टले धेरै नै सेवासुविधा बजारमा ल्याएको छ ।

बजारलाई प्रविधिमैत्री बनाउनमा एफवान् सफ्टले महत्त्वपूर्ण भूमिका खेलेको सीईओ शर्मा बताउँछन् । भन्छन्, ‘मार्केटको ग्रोअपअनुसार छिटोछिटो प्रोडक्टहरू ल्याउन सक्यौँ ।’

स्मार्ट मोबाइलको बढ्दो विस्तारसँगै मोबाइल बैंकिङ् सुविधा प्रायः सबै बैंक तथा वित्तीय संस्थाहरूले ल्याइसकेका छन् । 

सन् २०१५ आसपासमा नै बैंकहरूमा प्रायः सबैले मोबाइल बैंकिङ् शुरू गरेका थिए, जसमा एफवान् सफ्टकै प्रविधि थियो । 

त्यसपछि बैंक र ग्राहकबीचको पुलको काम गर्ने सोच एफवान् सफ्टले बनायो । बजार विस्तारसँगै यो एक आवश्यकता थियो । सोही आवश्यकता महसुस गर्दै कम्पनीले फोनपे र क्यूआर पेको पनि सन् २०१६ मा नै शुरू गरेको सीईओ शर्मा सम्झन्छन् ।

सन् २०१८ सम्ममा प्रायः बजारमा क्यूआरपे छ्यापछ्याप्ती रहेको थियो । 

एफवान् सफ्टले इसेवा र फोनपेमात्रै हैन अहिले बजारलाई प्रविधिमैत्री बनाउने गरी १४ वटा ‘प्रोडक्ट’ सञ्चालनमा ल्याइसकेको छ अर्थात् १४ वटा कम्पनीको मातृ कम्पनी एफवान् सफ्ट हो । 

एक हजार जनालाई प्रत्यक्ष रोजगारी

एफवान् सफ्ट ग्रुप तीनजना युवाले शुरू गरेको कम्पनी हो ।

विश्वास ढकाल, अस्गर अली र सुवास शर्माले १८ वर्षअघि शुरू गरेको यस कम्पनीमा हाल प्रत्यक्ष रोजगारीमा करीब १ हजार जनशक्ति संलग्न छन् । 

यस्तै एक लाख ४० हजार बजार एजेन्टहरूले अप्रत्यक्ष रूपमा एफवान् सफ्टमार्फत नाफा पाइरहेको कम्पनीका सीईओ शर्मा बताउँछन् । 

डिजिटल यात्रा, पारदर्शी अर्थतन्त्र

एफवान् सफ्टले मुलुकलाई डिजिटाइज गर्ने महत्त्वकांक्षी योजना ल्याएको थियो । महत्त्वकांक्षी यस अर्थमा कि त्यतिखेर न इन्टरनेटको पहुँचमा धेरै नागरिक थिए न त प्रविधि वा स्मार्टमोबाइलको पहुँचमा नै । 

तर, एफवान् सफ्टको सो योजनाकै कारण अहिले मुलुकमा प्रविधिले निकै फड्को मारेको अवस्था छ । 

यति मात्रै नभएर एफवान् सफ्टले कारोबारलाई डिजिटल त बनायो नै अर्थतन्त्रलाई पनि पारदर्शी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको सीईओ शर्मा बताउँछन् ।

‘कारोबार जति डिजिटल बन्दै गएको छ, अर्थतन्त्र पनि त्यति नै पारदर्शी बन्दै गएको छ,’ सीईओ शर्मा भन्छन् । अहिले डिजिटल भुक्तानीमार्फत पनि मुलुकको कुल ग्रार्हस्थ्यमा योगदान पुगेको उनको भनाइ छ ।

एफ्वान सफ्ट नै किन ?

एफवान् सफ्ट मुलुकलाई नै डिजिटाइज गर्ने काममा अग्रणी भूमिका खेलेको कम्पनी हो । 

मुलुकलाई डिजिटाइज गर्ने काममा व्यस्त रहेको एफ्वान सफ्टले अब ग्राहकलाई ‘देखिन गरी’ फाइदाका लागि समेत काम गर्ने तयारी गरेको छ ।

कम्पनीले व्यक्तिगत लाभको लागि मात्र नभई मुलुककै अर्थतन्त्र तथा अर्थ प्रणालीलाई लाभ दिने उद्देश्यले काम गरेको सीईओ शर्मा बताउँछन् । 

मुलुकको आर्थिक प्रणालीलाई डिजिटाइज बनाउने यात्रामा शुरूदेखि नै एफवान् सफ्टले नेतृत्व गरिरहेको र अझै पनि विभिन्न नयाँ क्षेत्रलाई प्रविधिमैत्री बनाउन एफवान् सफ् लागिरहेको उनी बताउँछन् ।

अहिले एफवान् सफ्टले भुक्तानीलाई नै केन्द्रमा राखेर कामहरू गरिरहेको छ ।  

अब ग्राहकलाई ‘देखिने गरी’ फाइदा !

यतिखेरसम्म मुलुकलाई डिजिटाइज गर्ने काममा व्यस्त रहेको एफ्वान सफ्टले अब ग्राहकलाई ‘देखिन गरी’ फाइदाका लागि समेत काम गर्ने तयारी गरेको छ ।

मुलुकलाई डिजिटाइज गर्ने अभियानका साथसाथै अब ग्राहकको फाइदालाई पनि प्राथमिकतामा राखिएको सीईओ शर्मा बताउँछन् । 

‘हिजो क्यास कारोबार थियो तर आज मोबाइलबाट कारोबार भइरहेको छ । फाइदा के भयो त ? यसलाई कसैले पनि हेरेको छैन,’ सीईओ शर्मा भन्छन्, ‘डिजिटाइज गर्ने योजना छ, गर्दै जान्छौँ तर अब यसबाट बेनेफिट पनि त आउनुपर्‍यो, यसमै कम्पनीले केही विशेष काम गर्नेछ ।’

उनले छिट्टै नै ग्राहकसमेत लाभ हुने गरी नयाँ काम सार्वजनिक गरिने बताए । 

उनका अनुसार कम्पनीले अबको केही समयभित्र नै ‘डिजिटल लोन’को व्यवस्था गर्ने तयारी छ ।

यसको माध्यमबाट ग्राहकलाई धेरै सहयोग पुग्ने र जीवनशैलीमा नै परिवर्तन गर्ने एफवान् सफ्टको योजना छ ।

यी हुन् एफवान् सफ्टका मुख्य केही कम्पनीहरू

एफवान् सफ्ट इन्टरनेसनल

एफवान् सफ्ट सफ्टवेयर डेभलपमेन्ट र इन्भेष्टमेन्ट कम्पनी हो । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न कम्पनीमा लगानी (इन्भेष्टमेन्ट) गरिरहेको छ ।

यस कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता वित्तीय क्षेत्रमा आवश्यक पर्ने थुपै्र प्रविधिको निर्माण गर्दै आएको छ । साथै यस कम्पनीले स्वदेशमा मात्र नभएर विदेशका विभिन्न कम्पनीका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्ने  कार्य समेत गर्दै आएको छ । 

इसेवा

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

सन २००९ मा बेटा भर्सन रिलिज गरी सन २०१० जनवरी २५ बाट सेवा शुरू गरेको इसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख ३० हजार एजेन्ट नेटवर्कबाट एक करोड ७० लाख जनतालाई भुक्तानी सेवा दिइरहेको छ । 

इसेवाबाट हाल दैनिक २ लाखभन्दा बढीको कारोबार हुन्छ ।

हाल इसेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

फोनपे 

फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो ।

फोन पेको नेटवर्कमा १ करोड ३० लाख बढि रजिष्टर्ड युजर, करिब ५ लाख मर्चेन्ट र ५० बढी बैंक तथा वित्तीय संस्था र डिजिटल वालेट पार्टनरका रूपमा आवद्ध रहेका छन् ।

फोन पे अन्तरगत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्युआर पेमेन्ट, कर्पोरेट फोनपे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट जस्ता सेवा उपलब्ध रहेका छन् । 

फोनपेले पछिल्लो समय नेपालको डिजिटल भुक्तानीमा पनि एक किसिमको क्रान्ति नै ल्याएको  छ । 

कोजेन्ट हेल्थ

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् । 

कोजेन्ट हेल्थको प्रविधिले हस्पिटलहरू पनि डिजिटलाइज भइरहेका छन भने अनलाइनबाटै टिकट काटेर उपचार गर्न सकिने अवस्था आएको छ ।

इसेवा मनि ट्रान्सफर

रेमिट्यान्सलाई सहज र सरल रूपमा नेपाल भित्र्याउने सहयोग गर्ने उद्देश्यका साथ इसेवा मनि ट्रान्सफरले सेवा दिइरहेको छ ।

इसेवा मनि ट्रान्सफर मार्फत विश्वका कुनैपनि मुलुकबाट रेमिट्यान्स पठाउन सकिन्छ । कम्पनीले कम लागतमा डिजिटल वालेट तथा बैंक खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । 

दियालो टेक्नोलोजिज 

दियालो टेक्नोलोजीज पनि एफ्वान सफ्ट अन्तरगतकै कम्पनी हो । कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

यस्तै दियालोले नेपालमै पहिलो पटक क्लाउड बेसमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’, फुटसलको अनलाइन बुकिङ गर्न सकिने सफ्टवेयर लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।

दर्शन टेक

दर्शन टेकले नेपालको बीमा क्षेत्रलाई डिजिटलाइज्ड गरिरहेको छ ।

आई सोलुसन नामक सफ्टवेयर निर्माण गरी बीमा क्षेत्रलाई डिजिटलाइज्ड गर्ने अभियानमा कम्पनी अगाडि बढेको छ । बीमा क्षेत्रमा विदेशी सफ्टवेयरलाई विस्थापित गरी स्वदेशी सफ्टवेयर स्थापित गर्नुमा दर्शन टेकको ठूलो हात रहेको छ ।

हाल नेपालका अधिकांश जीवन बीमा कम्पनीले दर्शन टेकको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।  

एक्सटेन्सो डेटा

एक्सटेन्सो डेटा भनेको एफ्वान सफ्ट ग्रुप अन्तरगतको डेटा एनालाइटिक्स कम्पनी हो ।

कम्पनीको एआई, डेटा एनालाइटिक्स, प्रेडिक्टिभ एनालाइसिस र बिग डेटामा दक्षता रहेको छ । कम्पनीले बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन सेवा प्रदान गर्दै आइरहेको छ । 

लोजिका बिन्स 

लोजिका बिन्स एफ्वान सफ्ट ग्रुप अन्तरगतकै एउटा कम्पनी हो । यसले आउटसोर्सिङको काम गर्छ ।

सिरेन टेक्नोलोजिज 

सिरेन टेक्नोलोजिजले इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आइरहेको छ । सिरेज टेक्नोलोजिजले म्यानेजमेन्ट सिस्टम, डेस्क्टप तथा वेबमा आधारित एप्लिकेसन, वेभ पोर्टल निर्माण, मोबाइल एप्लिकेसन लगायतका सेवा प्रदान गर्दछ । 

स्वस्तिक कलेज

स्वस्तिक कलेज एफवान् अन्तरगतकै एउटा आईटी कलेज हो । स्वस्तिक कलेजमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषय पढाई हुन्छन् ।

बस सेवा

बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लेटफर्म हो । बस सेवाको मोबाइल एप र वेबसाइट प्रयोग गरी घरमै बसेर सहज रूपमा अनलाइनबाटै बसको टिकट काट्न सकिन्छ । साथै टिकटको पैसा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।

इसेवा ट्राभल

इसेवा ट्राभल पनि एफवान् सफ्ट ग्रुप अन्तरगतको कम्पनी हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गर्छ ।

डिजिटल टिकेटिङलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो । हाल इसेवा मार्फत आन्तरिक तथा वाह्य हवाइ टिकट काट्न सकिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्