०४ असार २०८३, बिहीबार

इन्धनविनै चल्ने संसारकै पहिलो अनौठो रेल, चार्ज पनि आफैं हुन्छ

चैत ५, २०७८
इन्धनविनै चल्ने संसारकै पहिलो अनौठो रेल, चार्ज पनि आफैं हुन्छ
image credit : prixabay

विज्ञानले पछिल्ला दशकहरूमा अभूतपूर्व सफलता हासिल गरेको छ । 

कुनै बेला असम्भव लाग्ने देखिने कुराहरू अहिले सम्भव भएका छन् । 

रेलकै कुरा गर्ने हो भने पहिले कोइलाबाट चल्ने गर्दथ्यो, त्यसपछि डिजेलबाट चल्न थाल्यो । अहिले विद्युतीय रेल चल्छन् । साथै सौर्य ऊर्जामा पनि रेलहरू चलिरहेका छन् तर अब केही वर्षभित्रै इन्धन बिना रेल पनि चल्न थाल्नेछ ।

यही बीचमा एउटा रेल आउँदैछ जो इन्धन बिना चल्ने दाबी गरिएको छ ।  यो ट्रेन चलाउन इन्धनको आवश्यकता पर्दैन । 

तपाईंलाई यो कुरा पत्यार नलाग्न सक्छ, तर यो एकदमै सत्य हो । यो विशेष ट्रेन गुरुत्वाकर्षणको बलमा चल्ने छ ।

अष्ट्रेलियाको एक खानी कम्पनीले गुरुत्वाकर्षणबाट चल्ने यो ट्रेन निर्माण गरिरहेको छ । 

यस्तो छ विशेषता ? 

यो गुरुत्वाकर्षणबाट चल्ने यसलाई इन्फिनिटी ट्रेन भनिएको छ । यो रेल चलाउँदा सबैभन्दा ठूलो फाइदा भनेको प्रदूषण न्यून हुनु हो । यसबाहेक रेलमा इन्धन भर्न पनि आवश्यक पर्दैन ।

यस रेलबाट उत्सर्जन शून्य हुनेछ । यससँगै फलामलाई कम समय र लागतमा एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्न सकिन्छ । 

ट्रेन निर्माता फोर्टेस्क्युले विलियम्स एडभान्स इन्जिनियरिङ खरिद गरेर काम शुरू गरेको छ । 

यो रेल एक ठाउँबाट अर्को ठाउँमा जाँदा स्वचालित रूपमा चार्ज हुनेछ र यसको ऊर्जा कहिल्यै समाप्त नहुने दाबी पनि गरिएको छ । 

यो रेलमा २४४ डिब्बा हुनेछन् जसमा ३४ हजार ४०४ टन फलाम राखिनेछ । 

यसकारण रेल भारी हुनेछ ।  यो खाली गरेपछि जब रेल चल्न थाल्छ तब गुरुत्वाकर्षण बलद्वारा चार्ज हुनेछ । 

फोर्टेस्क्युका सीईओ एलिजाबेथ गेन्सले यो रेल विश्वकै उत्कृष्ट रेल हुने बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्