
काठमाडौं, २५ असार – चर्चित लोकगायिका हरिदेवी कोइरालाले ‘छाता ओझेल पारी’ बोलको गीत बजारमा ल्याएकी छिन् ।
आफ्नै स्वर, शब्द र संगीतमा हरिदेवी कोइरालाले ‘छाता ओझेल पारी’ बोलको गीत बजारमा ल्याएकी हुन् । गीतको भिडियोमा नविन र दीपाले अभिनय गरेका छन् । बासुदेव पोखरेलले गीतको भिडियोलाई छायांकन तथा निर्देशन गरेका छन् भने भिडियोलाई बालकाशी गुरुङले सम्पादन गरेका हुन् ।