२१ असार २०८३, आइतबार

एलओडीमा गुञ्जनेछ ‘स्वार’, शनिबार विशेष सांगीतिक प्रस्तुति

असार १९, २०८३
काठमाडौं
एलओडीमा गुञ्जनेछ ‘स्वार’, शनिबार विशेष सांगीतिक प्रस्तुति

एलओडी क्लबमा सांगीतिक समूह ‘स्वार’ ब्यान्ड अर्थात स्वप्निल शर्माले आफ्नो प्रस्तुति दिने भएका छन् । शनिवार उनीसहित अन्य कलाकारको प्रस्तुत रहने क्लबका निर्देशक रविन श्रेष्ठले जानकारी दिए ।

उनक अनुसार सो दिनको प्रस्तुतिका लागि दर्शकले खल्तीको एपमार्फत टिकट सक्नेछन् । कार्यक्रमका लागि सबै तयारी पुरा भइसकेको उनको भनाइ छ ।

कार्यक्रमको ‌ओपनिङ आँचल र द एमीकसले गर्ने उनले जानकारी दिए । एलओडी क्लब विश्वका उत्कृष्ट क्लबहरूमध्ये ४० औ स्थानमा परेको छ ।

यसअघि सन् २०२५ मा ४४औं स्थानमा रहेको थियो । यसअघि सन् २०२२ मा ५२ औं, २०२३ मा ४९ औं र २०२४ मा ५० औं स्थानमा परिसकेको छ ।

एलओडीमा भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेका छन् । श्रेष्‍ठका अनुसार क्लबमा बलिउडका नेहा कक्कर, लक्की अली, विनोद राठोर अर्मन मल्लिक र इन्डियन आइडल पवनदीपलगायत गायकहरूले शो गरिसकेका छन् ।

त्यसैगरी, टीम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् । ‘हामीले क्लब स्थापना गरेर नेपाली संगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं’, उनले भने, ‘यो स्थान कलाकारहरूको लागि केही गर्छु भन्ने मानिसको लागि एउटा प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्