०४ असार २०८३, बिहीबार

‘स्लिम’ युवतीको पेटमा अचानक हलचल भएपछि परीक्षण, आयो यस्तो नतिजा

चैत २३, २०७८
‘स्लिम’ युवतीको पेटमा अचानक हलचल भएपछि परीक्षण, आयो यस्तो नतिजा

युवती जेदा मैरी आफ्नै दुनियाँमा रमाइरहेकी थिइन् तर अचानक पेटमा हलचल भयो । स्वास्थ्य जाँच गराउँदा उनी गर्भवती भएको थाहा भयो ।

चिकित्सकले गर्भलाई ८ महिना भएको जानकारी दिए । तर उनको शरीरमा गर्भ रहेको कुनै संकेत देखिएको थिएन भने पेट पनि अगाडि आएको थिएन ।

उनले सामाजिक सञ्जालमा फोटो राख्दै भनेकी छन्, ‘म गर्भवती भएको किन कसैलाई थाहा भएन ? मैले म गर्भवती भएको कहिल्यै सोचिनँ । मलाई बच्चाको हलचल पनि थाहा हुँदैन्थ्यो ।’

उनी गर्भवती भएको खबर फैलिएपछि सबै आश्चर्यचकित भएका छन् । कुनै–कुनै युवतीमा गर्भ रहेको कुनै संकेत नदेखिने बताइएको छ ।

गर्भको बच्चा र आमा दुवै स्वस्थ रहेका रिपोर्टमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्