
संसारभरि डेलिभरी गराउने कम्पनी डीएचएलको एक मालवाहक विमान बोइङ ७५७–२०० आकस्मिक अवतरणका क्रममा दुई टुक्रा बनेको रोमाञ्चक भिडियो सार्वजनिक भएको छ ।
घटना कोस्टारिकाको राजधानी सान होसेमा रहेको खुवान सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।
विमानको पछिल्लो भाग टुक्रा परेको थियो अनि बेस्सरी धूवाँ निस्केको थियो ।
विमानचालक तथा फर्स्ट अफिसरलाई सुरक्षित स्थानतर्फ पठाइएको थियो । उनीहरूलाई सामान्य चोटपटक मात्र लागेको फायर डिपार्टमेन्टका प्रमुख हेक्टर चाभेसल बताए ।
ग्वाटेमाला गइरहेको विमानको हाइड्रलिक सिस्टममा समस्या देखिएको कोस्टारिकाको नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक लुइस मिरान्दा मुनोजले बताए ।
डीएचएलले एक विज्ञप्ति जारी गरेर घटनाको अनुसन्धान गर्ने बताएको छ ।
A much clearer version of the crash landing has emerged!
— AviationSource (@AvSourceNews) April 7, 2022
Source: Unknown#DHL #AvGeek pic.twitter.com/FCYbgFaW0H