१२ साउन २०८३, मंगलबार

बैंकको निक्षेप संकलनमा झिनो सुधार

बैशाख २६, २०७९
बैंकको निक्षेप संकलनमा झिनो सुधार

वाणिज्य बैंकहरूको निक्षेपमा झिनो सुधार देखिएको छ ।

वैशाख तेस्रो हप्ताको तुलनामा चौथो हप्तामा वाणिज्य बैंकहरूको निक्षेप संकलन ५ अर्बले मात्रै बढेको हो ।

नेपाल बैंकर्स संघका अनुसार वैशाख चौथो हप्तामा वाणिज्य बैंकहरूको कूल निक्षेप ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब रहेको निक्षेप २३ वैशाखसम्म आइपुग्दा ५ अर्ब बढेर ४३ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ ।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो हप्ता केही सुधार देखिएको छ । वैशाख चौथो हप्ता निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । तेस्रो साता ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा चौथो हप्तामा ४१ खर्ब ९७ अर्ब रुपैयाँ बराबर कर्जा लगानी भएको छ ।

गत हप्ताको तुलनामा कर्जा लगानीमा ४ अर्बले कमी आएको छ । बैंकहरूले गत फागुन चौथो हप्ता ४३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन र ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

संघले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरूको सीडी रेसियो ९०.८१ प्रतिशत पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्